• Fri. May 16th, 2025

भद्रपुरमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा प्रारम्भ

BySaptahik Samachar

१८ बैशाख २०८२, बिहीबार १४:३१ १८ बैशाख २०८२, बिहीबार १४:३१ १८ बैशाख २०८२, बिहीबार १४:३१

भद्रपुर, १८ बैशाख । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको छ ।
रेडक्रस झापा शाखाको आज ५१ औं वार्षिक साधारणसँगै अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा आएको हो । झापा शाखाले रू.७५ लाखको लागतमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको झापा शाखा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । अब एक पोका रगतबाट तीन–चार जनाको आवश्यकता पूर्ति गर्न सकिने उहाँले बताउनुभयो ।
“रगतका विभिन्न तत्वलाई छुट्याउने कम्पोनेन्ट मेसिन स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “जसबाट रातो रक्तकोष, सेतो रक्तकोष, प्लेट्लेस र प्लाज्मालाई छुट्याउन सकिन्छ, जसलाई जे आवश्यक छ अब त्यही दिन सकिन्छ ।”

कोशी प्रदेशमै ‘पहिलो’ अत्याधुनिक ल्याब स्थापना भएको बताउनुहुँदै उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण व्यवसायी महासंघको रू ६० लाख र रेडक्रस झापाको रू १५ लाख गरी रू ७५ लाखको लागतमा ल्याब स्थापना गरिएको जानकारी दिनुभयो। अत्याधुनिक ल्याव सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नु भयो।
   भद्रपुरमा २०३९ सालमा शुरु भएको आकस्मिक रक्तसञ्चार सेवा केन्द्र हाल आधुनिक ल्याबसहितको रक्त सञ्चार सेवामा परिणत भएको छ । झापामा ६ वटा रक्तसञ्चार सेवा मार्फत रगत व्यवस्थापन गर्दै आएको छ ।
यता, झापामा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा अन्तरगत चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १६ हजार तीन सय २५ युनिट रगत संकलन गरिएको छ ।
झापाको भद्रपुर, बिर्तामोड र दमकमा सञ्चालित रक्त सञ्चार केन्द्र मार्फत सोही अवधिमा १७ हजार दुई सय ३४ युनिट रगत बिरामीलाई वितरण समेत गरिएको रक्त सञ्चार सेवा केन्द्र झापा शाखाले जनाएको छ । झापा रेडक्रसको साधारण सभामा बढी रक्त संकलन गर्ने संस्था तथा उपशाखालाई प्रमाण-पत्र प्रदान गरिएको छ।

26 thoughts on “भद्रपुरमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा प्रारम्भ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *