• Tue. Oct 22nd, 2024

भद्रपुरमा’वालवालिकासंग सांसद’ कार्यक्रम

BySaptahik Samachar

२० श्रावण २०७९, शुक्रबार १४:२३ २० श्रावण २०७९, शुक्रबार १४:२३ २० श्रावण २०७९, शुक्रबार १४:२३

‘म जस्तो युवा कालमा तपाईं के सोच्नु हुन्थ्यो’ भनेर प्रश्न सोध्ने वालवालिकाले १० वर्ष पछिको नेपालको परिकल्पना सम्मको बारेमा सांसद राजेन्द्र लिङ्देनसंग सम्वाद गरे। सिन्योन नेपाल भद्रपुर झापाकाे आयोजनामा शुक्रबार भद्रपुरमा भएको ‘वालवालिकासंग सांसद’-कार्यक्रमका सहभागी विद्यार्थीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा संसदीय क्षेत्र नम्बर ३ का सांसद लिङ्देनसंग देशको आर्थिक, सामाजिक र राजनीतिक विषयसंगै कतिपयले रोल मोडल ठानेर हजुर जस्तो बन्न के गर्नुपर्छ सम्म भनेर प्रश्न राखे।
सम्वाद क्रममा वालवालिकामा देशप्रतिको चिन्ता र मोह झल्कन्थ्यो भने राजनीतिप्रतिको चासो र जिज्ञासा, देशको गरिवी,अशिक्षा, विकृति – विसंगतिलाई हटाउनेदेखि वालवालिकाको भविष्य केन्द्रीत प्रश्नहरू पनि सोधिएका थिए।

‘वालवालिकाले तपाईँ प्रधानमन्त्री हुनुभयो भने पहिलो काम के गर्नुहुन्छ, वालवालिकाको क्षमता अभिवृद्धिका लागि तपाईंको योजना के छ र नेपाल पछि पर्नुको कारण के हो जस्तो लाग्छ? जस्ता गहन प्रश्न मात्रै राखेनन् गणतन्त्र र राजतन्त्र मा के भिन्नता छ, राप्रपाको मुल विचार र धारणा केहो भन्ने चेतयुक्त राजनीतिक प्रश्न पनि तेर्स्याए। उनीहरूले युवा विदेश पलायन भएको, देश श्रीलङ्का उन्मुख भइरहेको र देशको आर्थिक विकासका बारेमा पनि सांसद लिङ्देनसंग बिना हिचकिचाहट अन्तरक्रिया गरे।
वाल मैत्री नगरपालिका घोषणा भएको भद्रपुरमा पहिलो पटक सिन्योन नेपाल आवध्द वालवालिकाको आयोजनामा भएको अन्तरक्रियामा भद्रपुरका चारवटा विद्यालयका छात्र छात्रा सहभागी थिए। वीरेन्द्र माध्यमिक विद्यालयकी छात्रा स्वीकृति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर वाल सञ्जाल अध्यक्ष भावना पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भिसर्जा खतिवडाले गर्नुभएको थियो।झापा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा २२ जना छात्र छात्राले विभिन्न प्रश्न राखेका थिए। भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको पनि सहभागिता थियो।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed