• Sat. Apr 20th, 2024

भद्रपुरबाट उडेको प्लेनमा भेटियो वेवारिसे डलर

BySaptahik Samachar

१२ बैशाख २०७९, सोमबार ०७:०१ १२ बैशाख २०७९, सोमबार ०७:०१ १२ बैशाख २०७९, सोमबार ०७:०१

भद्रपुर १२,वैशाख / नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर शनिबार साँझ बरामद गरेको हो ।
बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौँ अवतरण भएको विमानको सिटमा छालाको हाते ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बरामद डलर आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *