• Sat. Jul 27th, 2024

भद्रपुरको नागरिक ग्रामका अपाङ्ता भएकालाई सामग्री हस्तान्तरण

BySaptahik Samachar

३० भाद्र २०७९, बिहीबार २०:२८ ३० भाद्र २०७९, बिहीबार २०:२८ ३० भाद्र २०७९, बिहीबार २०:२८

भद्रपुर / पेशव वर्ज अनलाईन अर्गनाईजेशन मेचीनगर झापासंग आवद्व युवाहरुको समूहले बालदिवसको अवसरमा नेपाल अपाङ्ग संघ झापाको नागरिक अपाङ्ग ग्राममा रहेका अपाङ्गता भएकाहरुलाई खाद्यान्न, लत्ताकपडा र सरसफाई सामान हस्तान्तरण गरेको छ। अपाङ्ग संघमै एक कार्यक्रमको आयोजना गरी एक महिनाका लागि पुग्ने खाद्यान्न , सरसफाई सामान र लगाउने कपडाहरु हस्तान्तरण गरिएको हो। अपाङ्गहरूलाई केक काट्न लगाई स्वास्थ्य जीवनको कामना गर्दै बाल दिवस मनाइएको कार्यक्रममा संस्थाका सभापति ऋषि चापागाई, उप सभापति लता चापागाई, सचिव बालध्वज कार्की लगायतको सहभागिता रहेको थियो भने कार्यक्रममा दाता संस्थाका अध्यक्ष संगिता संग्रौला सहित ७ जना प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा दाता संस्थाका तर्फवाट आशिष संग्रौलाले र अपाङ्ग संघका सभापति चापागाईले धन्यवाद सहित मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *