• Sat. Jul 27th, 2024

भद्रपुरको छट पूजालाई व्यवस्थित पार्न भव्य तयारी

BySaptahik Samachar

२२ कार्तिक २०८०, बुधबार १९:२८ २२ कार्तिक २०८०, बुधबार १९:२८ २२ कार्तिक २०८०, बुधबार १९:२८

गोपाल गिरी – – – – – – – – –

भद्रपुर २२,कात्तिक / पूर्वकै आकर्षक र व्यवस्थित पूजा घाट भनेर चिनिएको भद्रपुरस्थित मेची नदिको छट पूजा धुमधामसंग सम्पन्न गर्ने तयारी भएको छ। छट पूजा – २०८० लाई भव्यताका साथ सम्पन्न गर्न मैथिल समाज झापाको अगुवाइमा हालै बसेको बैठकले विभिन्न उपसमितिहरू गठन गरेको छ।
मैथिल समाज झापाका अध्यक्ष रमेश चन्द्र झाको सभापतित्व र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र कोसी प्रदेशका पूर्व मन्त्री ओमप्रकाश सरावगी सहित विभिन्न पदमा रहनु भएका जिम्मेवार व्यक्तिहरूको उपस्थितिमा भएको भेलाले झाको अध्यक्षतामा छट पूजा मूल समारोह समिति र अन्य विभिन्न उपसमितिहरू गठन गरिएको हो।

मूल समारोह समितिका अध्यक्ष झाले भन्नुभयो – ‘ मङ्सिर ३ र ४ गते हुने छट पर्वलाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यका साथ काम भइरहेको छ।’ त्यसका लागि कामको बाँडफाँट गरेर अर्थ संकलन, घाट व्यवस्थापन, विद्युत जडान, विज्ञापन र प्रचार प्रसार तथा स्वयंसेवक र सुरक्षा उपसमिति एवं अनुगमन तथा सल्लाहकार समिति गठन गरिएको छ।
उहाँका अनुसार, शुशील कर्णको संयोजकत्वमा अर्थ संकलन, पारसनाथ यादवको संयोजकत्वमा घाट व्यवस्थापन, सरसफाई, मञ्च र गेट निर्माण र यदुनन्दन साह रौनियारको संयोजकत्वमा विद्युत जडान उपसमिति गठन गरिएको छ।

त्यस्तै, विकास गुप्ता संयोजक रहेको विज्ञापन-प्रचार प्रसार उपसमिति गठन गरिएको छ भने वडा प्रहरी प्रमुख सन्जीव बोगटीको नेतृत्वमा सुरक्षा दस्ता र स्वयम्सेवक टोली परिचालन हुनेछन्। नगर प्रमुख गणेश पोखरेलको संयोजकत्वमा अनुगमन तथा सल्लाहकार समिति समेत गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

3 thoughts on “भद्रपुरको छट पूजालाई व्यवस्थित पार्न भव्य तयारी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *