• Sat. Feb 24th, 2024

भद्रपुरका २६ परिवार सन्थाललाई पक्की घर 

BySaptahik Samachar

२१ पुष २०८०, शनिबार २१:४४ २१ पुष २०८०, शनिबार २१:४४ २१ पुष २०८०, शनिबार २१:४४

भद्रपुर, २१ पुस / भद्रपुर नगरपालिकाले चालू आर्थिक वर्ष सन्थाल समुदायका परिवारलाई २६ वटा घर निर्माण गरिदिने भएको छ । ‘नगर प्रमुख सन्थाल आवास कार्यक्रम‘ अन्तर्गत नगरका १० वटा वडामध्ये ५ वडाका २६ परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिन लागेको हो ।

नगर प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले सन्थाल आवासको पुस २० गते एक कार्यक्रमका बीच वडा नम्बर ३ निवासी लाल हस्दा र वडा नम्बर ९ निवासी चुड्कु किस्कुको आवास शिलान्यास गरेसँगै निर्माण कार्य शुरु भएको छ।

आफ्नै जमिन, आर्थिक अवस्था कमजोर, छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने लगायतका नीति बनाएर नगरपालिकाले वडा नम्बर ३, ५, ९ र १० मा ५/५ वटाको दरले २० वटा घर र वडा नम्बर-७ मा ६ वटा गरी जम्मा २६ वटा घर आउॅदो २०८१ सालको बैशाख मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण गरिने नगरका इञ्जिनीयर योगेन्द्र रञ्जितकारले जानकारी दिनुभयो ।

भ्याटसहित १ करोड २७ लाख २२ हजार ९ सय १३ रुपैयाँ लागत बताइएको घर निर्माणको ठेक्का स्नेहा निर्माण सेवा भद्रपुरले लिएको छ । ३८४ दशमलव १३ वर्ग फिटमा टिनको छाना भएको घरमा भान्सा, बरन्डासहित ३ वटा कोठा हुने र एउटा घरको निर्माण लागत ४ लाख ८९ हजार ३ सय ४२ रुपैयाँ रहेको बताइन्छ ।

One thought on “भद्रपुरका २६ परिवार सन्थाललाई पक्की घर ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *