• Sat. Jul 27th, 2024

भद्रपुरका पुजारीको रेल दुर्घटनामा सिलिगुडीमा मृत्यु !

BySaptahik Samachar

२ चैत्र २०८०, शुक्रबार १५:०२ २ चैत्र २०८०, शुक्रबार १५:०२ २ चैत्र २०८०, शुक्रबार १५:०२

भद्रपुर २,चैत / भारत, पश्चिम बंगालको सिलिगुडीमा रेल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय विष्णु शर्मा रहेको जनाइएको छ । शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी हुनुहुन्थ्यो। गत बुधबार काम विशेषले सिलिगुडी जानु भएको उहाँ घर फर्किनका लागि सोही दिन दिउँसो सवा २ बजे सिलिगुडी जङ्कसन पुग्नुभएको थियो ।

जङ्कसन पुग्दा कटिहार-सिलिगुडी इन्टरसिटी एक्सप्रेस ट्रेन ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेको अवस्थामा दौडिएर रेल चढ्न खोज्दा उहाँ खुट्टा चिप्लिएर दुर्घटनामा पर्नुभएको थियो । रेलको चक्कामुनि खसेर गम्भीर घाइते भएका उहाँलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएका थिए ।
उहाँको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको शवको कानुनी प्रक्रिया पूरा गरी आजै भद्रपुर  ल्याउने र मेची नदीमा दाहसंस्कार गरिने भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *