• Fri. Feb 13th, 2026

भद्रपुरका पुजारीको रेल दुर्घटनामा सिलिगुडीमा मृत्यु !

BySaptahik Samachar

२ चैत्र २०८०, शुक्रबार १५:०२ २ चैत्र २०८०, शुक्रबार १५:०२ २ चैत्र २०८०, शुक्रबार १५:०२

भद्रपुर २,चैत / भारत, पश्चिम बंगालको सिलिगुडीमा रेल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय विष्णु शर्मा रहेको जनाइएको छ । शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी हुनुहुन्थ्यो। गत बुधबार काम विशेषले सिलिगुडी जानु भएको उहाँ घर फर्किनका लागि सोही दिन दिउँसो सवा २ बजे सिलिगुडी जङ्कसन पुग्नुभएको थियो ।

जङ्कसन पुग्दा कटिहार-सिलिगुडी इन्टरसिटी एक्सप्रेस ट्रेन ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेको अवस्थामा दौडिएर रेल चढ्न खोज्दा उहाँ खुट्टा चिप्लिएर दुर्घटनामा पर्नुभएको थियो । रेलको चक्कामुनि खसेर गम्भीर घाइते भएका उहाँलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएका थिए ।
उहाँको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको शवको कानुनी प्रक्रिया पूरा गरी आजै भद्रपुर  ल्याउने र मेची नदीमा दाहसंस्कार गरिने भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिनुभयो ।

100 thoughts on “भद्रपुरका पुजारीको रेल दुर्घटनामा सिलिगुडीमा मृत्यु !”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *