• Sat. Jul 27th, 2024

भद्रपुरका उद्योगी सञ्जय गोयलको चेन्नईमा निधन

BySaptahik Samachar

१० असार २०८०, आईतवार १६:०९ १० असार २०८०, आईतवार १६:०९ १० असार २०८०, आईतवार १६:०९

भद्रपुरका उद्योगी सञ्जय गोयल

भद्रपुर । भद्रपुरका उद्योगी सञ्जय गोयलको निधन भएको छ । भद्रपुर नगरपालिका- ५ निवासी ६५ वर्षीय उद्योगी गोयलको भारतको चेन्नईमा उपचारको क्रममा आइतबार बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विगत लामो समयदेखि कलेजो (लिबर) बिग्रिएर थला परेका गोयल रेला इन्स्टिच्युट एन्ड मेडिकल सेन्टर चेन्नईमा नियमित रुपमा उपचारका लागि जाँदै आउँदै गरेका थिए । विगत एक साता अघि सोही उपचारका लागि चेन्नई पुगेका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उद्योगी गोयल मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ लगायतमा उद्योगमा लगानी थिए । गोयल बिर्तामोडस्थित सञ्जय शारदा कंसर्नका सञ्चालक हुन् । उनी भद्रपुर मारवाडी संघका सल्लाहकार समेत थिए । उनको श्रीमती शारदासहित दुई छोराहरू अरुण र देव गोयल रहेका छन् । चेन्नईबाट उनको शव ल्याउने तयारी भइरहेको जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *