• Sat. Jul 27th, 2024

बाल वालिकाको नेतृत्व विकास तालिम सम्पन्न

BySaptahik Samachar

१३ चैत्र २०७८, आईतवार २२:०५ १३ चैत्र २०७८, आईतवार २२:०५ १३ चैत्र २०७८, आईतवार २२:०५

भद्रपुर १३,चैत्र / नगर बाल सञ्जाल ,भद्रपुरको आयोजना तथा भद्रपुर नगर सामाजिक विकास शाखाको ब्यबस्थापनमा संचालित तीन दिने तालिम सम्पन्न भएको छ।भद्रपुर नगरपालिकाको सभाहलमा चैत ११ गतेदेखि प्रारम्भ भएको वालवालिकाका लागि उद्घोषण कला, बैठक ब्यबस्थापन ,बालमैत्री अभियान र नेतृत्व क्षमता अभिबृध्दि गर्न प्रदान गरिएको तालिम आज आइतबार सम्पन्न भएको हो।
पाँच नं.वडा बाल सञ्जाल अध्यक्ष ज्योति सहनीको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठ सहित सामाजिक शाखा प्रमुख जीवनकला राउत र प्रशिक्षक तथा बालमैत्री अभियान बिज्ञ सुमन ढकालले मन्तव्य राख्नुभएको थियो।

स्वागत मन्तब्य नगर बाल सञ्जाल उपाध्यक्ष आरोग्य तिम्सिनाले र नगर अध्यक्ष भावना पोखरेलले सञ्चालन गरेको समापन कार्यक्रममा प्रशिक्षार्थीहरु श्रृष्टि ढुङ्गेल,एन्जिला कार्की, प्रत्यक्ष प्रधान,शिवप्रसाद सुवेदीले प्रशिक्षणबाट सिकेका आफ्ना अनुभवहरू साटासाट गर्नुभएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *