• Tue. Dec 9th, 2025

बाल क्लबको संयोजनमा ८ नं. वडाद्वारा मर्डीलाई छात्रवृत्ति

BySaptahik Samachar

४ फाल्गुन २०८०, शुक्रबार १५:३० ४ फाल्गुन २०८०, शुक्रबार १५:३० ४ फाल्गुन २०८०, शुक्रबार १५:३०

भद्रपुर ४ फागुन / भद्रपुरको ८ नम्वर वडा कार्यालयले भद्रपुर ८ निवासी बीरेन्द्र नमुना क्याम्पस बि.एड प्रथम वर्षमा अध्ययनरत अन्जली मर्डीलाई बार्षिक १८ हजारको छात्रवृत्ति प्रदान गरेको छ। अध्ययनमा अत्यन्तै रूचि राख्ने सोही वडा निवासी अन्जलीको आर्थिक अवस्था कमजोर भएकाले वडाको तर्फबाट सहयोग गरेको वडाध्यक्ष गौरव सुब्बाले बताउनुभयो।

भद्रपुर ८ स्तरीय बाल क्लवको आयोजनामा भएको एक कार्यक्रममा वीरेन्द्र नमूना क्याम्पसका प्रमुख विवेक पोखरेलको उपस्थितिमा छात्रवृत्ति उपलब्ध गराइएको हो।
८ नम्वर वडा कार्यालयमा भएको सोही कार्यक्रममा सम्पन्न हाजिर जवाफ प्रतियोगितामा प्रथम शिशु निकेतन,दोस्रो बिदुर बोर्डिङ तथा पृथ्वी आधारभुत बिद्यालय तृतीय भएको थियो।

त्यस्तै चित्र कला तर्फ जेनिफर साह ,लक्ष्मी राजबंशी तथा रुपशंकर खातुन क्रमशःप्रथम, दोस्रो र तेस्रो भएका थिए। वडाअध्यक्ष सुव्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता बाल क्लव अध्यक्ष आरजु गिरीले गर्नुभएको थियो।

55 thoughts on “बाल क्लबको संयोजनमा ८ नं. वडाद्वारा मर्डीलाई छात्रवृत्ति”
  1. Explora los mejores casinos en línea clasificados de 2025. Compara bonificaciones, selecciones de juegos y la confiabilidad de las principales plataformas para una experiencia de juego segura y gratificanteoferta de bono

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *