• Tue. Dec 9th, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

BySaptahik Samachar

११ फाल्गुन २०८१, आईतवार २०:२१ ११ फाल्गुन २०८१, आईतवार २०:२१ ११ फाल्गुन २०८१, आईतवार २०:२१

भद्रपुर ११, फागुन /न्यू रोड टिम एनआरटीलाई पराजित गर्दै बंगलादेशको काउर्न बाजार प्रगति संघ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै  सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ ।

बंगलादेशले खेलको २४ औँ मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६ औँ मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २–० ले अग्रता दोब्बर बनाए ।
सिल्लाहले मध्य भागबाट सिंगल खेल्दै बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो रोजाईका खेलाडीको अनुपस्थितमा एनआरटीलाई बंगलादेशले खेलभरि दबाबमा राखेको थियो ।

खेलको पाँचौँ मिनेटमा एनआरटीका मोहित गुरूङले पेनाल्टी एरियाभित्र पाएको अवसर गुमाए । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । खेलको १६ औँ मिनेटमा गुरूङ फेरि पेनाल्टी एरियामा चुके ।
खेलको ३८ औँ मिनेटमा  शिशिर लेखीको प्रहार पनि बाहिरियो । खेलको ५२ औँ मिनेटमा मोहित गुरूङको प्रहार बंगलादेशका गोलकिपर रब्बीले बचाउ गरे । खेलको ४८ औँ मिनेटमा साकिलले प्रहार गरेको बल दोस्रो बार छेउबाट बाहिरियो ।

खेलको प्लेयर अफ द म्याच बंगलादेशका एस सिल्लाह भए । उनले नगद २१ हजार र ट्रफी पाए ।
सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिनुभयो ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताउनु भयो।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताउनुभयो । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।

129 thoughts on “बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा”
  1. I’d have to examine with you here. Which is not one thing I usually do! I take pleasure in reading a post that may make folks think. Additionally, thanks for permitting me to comment!

  2. สำรวจคาสิโนออนไลน์ที่ได้รับการจัดอันดับดีที่สุดในปี 2025 เปรียบเทียบโบนัส ตัวเลือกเกม และความน่าเชื่อถือของแพลตฟอร์มชั้นนำเพื่อการเล่นเกมที่ปลอดภัยและคุ้มค่าข้อเสนอโบนัส

  3. Hello, you used to write wonderful, but the last several posts have been kinda boringK I miss your super writings. Past few posts are just a little out of track! come on!

  4. An impressive share, I just given this onto a colleague who was doing a little analysis on this. And he in fact bought me breakfast because I found it for him.. smile. So let me reword that: Thnx for the treat! But yeah Thnkx for spending the time to discuss this, I feel strongly about it and love reading more on this topic. If possible, as you become expertise, would you mind updating your blog with more details? It is highly helpful for me. Big thumb up for this blog post!

  5. naturally like your website however you have to test the spelling on quite a few of your posts. A number of them are rife with spelling issues and I in finding it very troublesome to tell the truth then again I will certainly come back again.

  6. Have you ever considered publishing an ebook or guest authoring on other websites? I have a blog based upon on the same ideas you discuss and would love to have you share some stories/information. I know my visitors would value your work. If you are even remotely interested, feel free to send me an e-mail.

  7. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  8. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  9. I’ve been absent for a while, but now I remember why I used to love this web site. Thanks , I will try and check back more often. How frequently you update your site?

Leave a Reply

Your email address will not be published. Required fields are marked *