![](https://saptahiksamachar.com.np/wp-content/uploads/2022/06/Screenshot_२०२२०६०९_१४२३३८.jpg)
आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय गरेको हो । गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिनेछ ।
जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको थियो । खेलाडीलाई प्रोत्साहन गर्न झापा गोल्ड कपले पुरस्कृत गर्ने निर्णय गरेको महासचिव गजेन्द्रबहादुर पौडेलले बताउनुभयो ।
एक विशेष कार्यक्रमको आयोजना गरी क्लबका खेलाडी तथा अफिसियल २८ जनालाई जनही ११ हजार रुपैयाँ प्रदान गरिने भएको हो । स्वयम्भु फुटबल क्लबलाई लिगको अन्तिम खेलमा ४–२ ले पराजित गर्दै झापाले ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको थियो । लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोडेको थियो ।
![](https://saptahiksamachar.com.np/wp-content/uploads/2022/06/76528-12-938x1024.jpg)