• Sat. Jul 27th, 2024

प्रादेशिक अस्पताल भद्रपुरको सफलताः सानो आन्द्राभित्रबाट माछाको काँडा निकाले गरियो एक व्यक्तिको उद्धार

BySaptahik Samachar

३ चैत्र २०८०, शनिबार २०:३७ ३ चैत्र २०८०, शनिबार २०:३७ ३ चैत्र २०८०, शनिबार २०:३७

भद्रपुर ३, चैत / भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्राभित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेका छन्।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट करिब ४ सेन्टिमिटर लामो माछाको काँडा शल्यक्रिया गरी निकालेको हो।

सहनीले बिहीबार घरमा माछा पकाएर खाएका थिए । उनी शुक्रबार बिहान तल्लो पेट दुख्यो भन्दै प्रादेशिक अस्पताल उपचार गराउन पुगेका थिए । सुरुमा चिकित्सकले एपेन्डिक्सको दुखाइको आशङ्का गरेका थिए । त्यसैले एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्छ भनेर उनी भर्ना भए ।

एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा पित्त देखियो । ‘कतै बिरामीको आन्द्रा फुट्यो कि भनेर शङ्का लाग्यो’, सर्जन डा. विनेश झाले भन्नुभयो , ‘आन्द्रामा मासुको सानो टुस्सा पाएको रहेछ, त्यो सानो आन्द्रामा देखियो र त्यसमा प्वाल पनि परेको रहेछ ।’

‘आन्द्रामा कसरी प्वाल पर्यो भनेर पानीले सफा गरेर हेर्दा भित्र माछाको एउटा काँडा भेटियो’, डा. झाले भन्नुभयो , ‘काँडाले आन्द्रालाई छेडेर प्वाल गरी भित्रै पसेको रहेछ, धन्न समयमै शल्यक्रिया गरी काँडा निकालेर बिरामीलाई बचाउन सफल भयौं ।’

काँडा निकालेपछि अहिले बिरामीको दुखाई कम्ति भएको र उनलाई अस्पतालमै राखेर उपचार गरिरहेको उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *