• Sun. Oct 27th, 2024

पोखरेल वंश प्रतिष्ठानद्वारा नगर प्रमुख पोखरेलको सम्मान

BySaptahik Samachar

२३ जेष्ठ २०७९, सोमबार २०:५४ २३ जेष्ठ २०७९, सोमबार २०:५४ २३ जेष्ठ २०७९, सोमबार २०:५४

भद्रपुर २३,जेठ /पानी पोखरेल वंश प्रतिष्ठान भद्रपुर नगर समितिकाे आयाेजनामा प्रतिष्ठानको भद्रपुर नगर स्तरीय गोठ धुप पूजा सम्पन्न भएको छ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रेमप्रकाश फलाहारी पोखरेलको प्रमुख आतिथ्य र नगर सचिव बाबुराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख गणेश पोखरेल, झापा जिल्लाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेल तथा भद्रपुर वडा नम्बर ९ र १० मा वडा सदस्यमा निर्वाचित मञ्जु पोखरेल र तुलसीप्रसाद पोखरेललाई सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि फलाहारी,सम्मानित व्यक्तित्व भद्रपुर नगर प्रमुख गणेश पोखरेल र प्रतिष्ठानका केन्द्रीय महासचिव हिराप्रसाद पोखरेलले मन्तव्य राख्नुभएको थियो।
वंश प्रतिष्ठान भद्रपुर नगर समितिका सहसचिव लावण्यकुमार पोखरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य घरमूली मुरारी पोखरेलले राख्नुभएको थियो।

One thought on “पोखरेल वंश प्रतिष्ठानद्वारा नगर प्रमुख पोखरेलको सम्मान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।