• Sat. Jul 27th, 2024

भद्रपुरका निवर्तमान नगर प्रमुख श्रेष्ठलाई मातृ शोक

BySaptahik Samachar

१७ जेष्ठ २०७९, मंगलवार २१:१६ १७ जेष्ठ २०७९, मंगलवार २१:१६ १७ जेष्ठ २०७९, मंगलवार २१:१६

भद्रपुर १७,जेठ /भद्रपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई मातृ शोक परेको छ। श्रेष्ठको पुजनीय माता खड्गकुमारी श्रेष्ठको जेठ १७ गते साँझ ८१ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको छ। श्रेष्ठको ॐ साई पाथीभरा हस्पिटलमा उपचार भइरहेको थियो।लामै समयदेखि उहाँमा मुटु तथा श्वासप्रश्वास सम्वन्धी रोग देखा परेको थियो।

पछिल्लोपटक सोही समस्या बढे पछि तीन दिन अघि उहाँलाई उपचारका लागि ॐ साई पाथीभरा हस्पिटलमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्वर्गीय श्रेष्ठका पति शेरबहादुर श्रेष्ठ तथा निवर्तमान प्रमुख जीवन श्रेष्ठ लगायत तीन छोरा बुहारी र तीन छोरी हुनुहुन्छ।जेठा छोरा निलबहादुरको भने यस अघि नै निधन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *