• Sat. Jul 27th, 2024

पुराणको आय व्यय सार्वजनिक

BySaptahik Samachar

३ कार्तिक २०८०, शुक्रबार १७:०८ ३ कार्तिक २०८०, शुक्रबार १७:०८ ३ कार्तिक २०८०, शुक्रबार १७:०८

२८ लाख बढी नै आम्दानी

भद्रपुर ३,कात्तिक / झापा भद्रपुर – ७ को संकट हरेश्वर विश्रान्तिघाटले पुराणको आय व्यय सार्वजनिक गरेको छ। गत भदौ ३० गतेदेखि असोज ०६ गतेसम्म विश्रान्तिघाट परिसरमा लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको हिसाब आज सार्वजनिक गरिएको हो।
स्थानीय जनसमुदाय र पत्रकारहरूलाई संलग्न गराई आय व्यय सार्वजनिक गर्न आयोजना गरिएको संक्षिप्त कार्यक्रममा समितिका कोषाध्यक्ष तथा मूल पुराण आयोजक, अर्थ समितिका संयोजक महतलाल राजवंशीले ४७ लाख ९८ हजार ७ सय ८५ रूपैयाँ आय भएको जानकारी दिनुभयो। पुराण स्थलमा रहेको घाट ब्यवस्थापन समितिको कार्यालयमै भएको कार्यक्रममा उहाँले पुराणमा १९ लाख ६१ हजार २ सय २९ रूपैयाँ खर्च भई २८ लाख ३७ हजार ५सय ५६ रूपैयाँ बचत रहेको पनि सार्वजनिक गर्नुभयो।

भद्रपुरका ५,६, ७,८,९ र १० नम्बर वडा कार्यालयबाट रकम सहयोग गर्ने बचनबद्धता प्रकट भएको र १,२र३ नम्बर वडाबाट पनि आश्वासन पाएकोले ३० लाख बढी नै रकम जम्मा हुने अपेक्षा उहाँले गर्नुभयो ।
विश्रान्तिघाटका अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा ७ न. वडा अध्यक्ष अभिषेक ढुङ्गाना र सञ्चारकर्मी गोपाल गिरीले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव रेमनाथ चुडालले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *