• Sat. Mar 2nd, 2024

पिकअप जलाएको आरोपमा बुलेट पक्राउ

BySaptahik Samachar

२ पुष २०८०, सोमबार २२:०२ २ पुष २०८०, सोमबार २२:०२ २ पुष २०८०, सोमबार २२:०२

भद्रपुर, २ पुस / प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आह्वानमा भएको कोशी प्रदेश बन्दका क्रममा पिकअप जलाएको आरोपमा प्रहरीले सोमबार एक व्यक्तिलाई पक्राउ गरेको छ ।
गत मंङ्सिर ३० गते साँझ साढे ६ बजेको समयमा मेची राजमार्गको किटेनी नजिकै पराल बोकेको मे १ ज ११४० नम्वरको पिकअप बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै जलाएका थिए ।
इलामको रोङ गाउँपालिका ४ स्थित किटेनी नजिकै पिकअप जलाउने कार्यक्रमा सम्लग्न भएको भन्दै बुद्धशान्ति गाउँपालिका ४ निवासी ३३ वर्षीय ‘बुलेट’ भनिने अञ्जन राईलाई आज दिउँसो सो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले प्रदेश नम्वर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति बुद्धशान्ति संयोजक समेत रहेका राईलाई बिर्तामोडस्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

पक्राउ परेका राई राष्ट्र, राष्ट्रियता, धर्म , संस्कृति र नागरिक बचाउ अभियान अन्तरगत नागरिक युवा दस्ताका मेचीनगर संयोजक समेत रहेको बताइएको छ ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर पठाइएको बताइएको छ ।

7 thoughts on “पिकअप जलाएको आरोपमा बुलेट पक्राउ”
  1. Somebody essentially lend a hand to make significantly posts I might state. That is the very first time I frequented your web page and up to now? I surprised with the research you made to create this particular put up amazing. Excellent job!

Leave a Reply

Your email address will not be published. Required fields are marked *