• Fri. Feb 14th, 2025

पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उपाधि एभरेस्ट स्मार्ट विर्तामोडलाई

BySaptahik Samachar

१८ माघ २०८१, शुक्रबार १९:३९ १८ माघ २०८१, शुक्रबार १९:३९ १८ माघ २०८१, शुक्रबार १९:३९

भद्रपुर १९,माघ / भद्रपुरमा जारी पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उपाधि एभरेस्ट स्मार्ट विर्तामोडले हात पारेको छ।आयोजक विद्यालय ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरलाई २ शुन्यले पराजित गर्दै एभरेस्टले उपाधि हात पारेको हो ।
   ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरको आयोजनामा मङ्गलबारबाट शुरू प्रतियोगिताका विजेता र उप विजेतालाई शील्ड, कप र प्रमाणपत्र प्रदान गरिएको थियो।
भद्रपुर नगर पालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फाइनल बिजेता विद्यालय एभरेस्टका सैरूज देवकोटा प्लेयर अफ द म्याच र वेस्ट मिडफिल्डर , सक्षम तामाङ बेस्ट गोलकिपर, मिलन दाहाल बेस्ट फरवार्ड घोषित हुँदै पुरस्कृत भए।

त्यस्तै, उपविजेता ग्यालेक्सीका खेलाडीहरू प्रशान्त साह बेस्ट डिफेन्डर, निमेष राई हाइयर स्कोरर,कविराज सन्जेल प्लेयर अफ द टुर्नामेण्ट र अंश धिमाललाई राइजिङ प्लेयरका रूपमा पुरस्कृत गरिएको बिद्यालयका सहायक प्रधानाध्यापक विवेक चम्लागाईंले जानकारी दिनुभयो। कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराइएको अन्तर विद्यालय टुर्नामेण्टमा मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिका अन्तर्गतका १४ वटा विद्यालयहरू बीच प्रतिष्पर्धा हुँदैछ।

3 thoughts on “पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उपाधि एभरेस्ट स्मार्ट विर्तामोडलाई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *