
भद्रपुर ३९,मङ्सिर / नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित हुनुभएको छ। अन्तिम मत परिणामअनुसार गिरी एक सय ३१ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिनुभयो। अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गर्नुभएको छ।
यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत प्राप्त गर्नुभएको छ। महिला उपाध्यक्षमा विनिता गौतम निर्वाचित हुनुभएको छ । उहाँले १०६ मत ल्याउँदा सुशिला संग्रौलाले ८९ मत पाउनु भएको छ ।सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।



कोषाध्यक्षमा मुक्ति पौडेल निर्वाचित हुनु भएको छ भने ९९ प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गर्नुभयो । महासङ्घको २० सदस्यीय कार्यसमितिको महिला सदस्यमा भूमिका सुब्बा एक सय १२, सन्तोष शर्मा एक सय, आदिवासी जनजाति सदस्य इन्द्रकुमार राई एक सय १०, खुला सदस्यमा अस्मिता साँखी एक सय ४८, इशा प्रधान एक सय ३५, स्वस्तिका आचार्य एक सय ३३, विनोद पाण्डे एक सय ३३, सुदीप अधिकारी एक सय २६, द्रोण अधिकारी एक सय २८, दिपेश राजवंशी एक सय १७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मतका साथ निर्वाचित हुनु भएको छ।

यस्तै, खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित भइसक्नु भएको थियो । महासङ्घको समावेशी सहसचिवमा तिलक योञ्जन एक सय ११ मतका साथ विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्त गर्नुभयो।
पत्रकार महासंघ झापा शाखामा २ सय २० जना मतदाता रहेकामा २ सय पाँच जनाले मतदान गरेका थिए ।२० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाको उम्मेद्वारी थियो।
cheap-viagra-online
Дамски блузи с асиметричен дизайн за модерен силует
елегантни дамски блузи с къс ръкав http://bluzi-damski.com/ .
Лучшие напитки с доставкой: от вин до коллекционного виски
доставка алкоголя по москве дешево ночная доставка алкоголя москва .