• Sat. Jul 27th, 2024

पत्रकार महासंघलाई झापा गोल्ड कपको सदस्यता

BySaptahik Samachar

१९ फाल्गुन २०८०, शनिबार ०७:४६ १९ फाल्गुन २०८०, शनिबार ०७:४६ १९ फाल्गुन २०८०, शनिबार ०७:४६

भद्रपुर १९ ,फागुन / नेपाल पत्रकार महासंघ झापा शाखा ” झापा गोल्ड कप” को संस्थागत सदस्य बनेको छ। शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा महासंघ झापा गोल्ड कपको संस्थागत सदस्य बनेको हो ।

संस्थागत सदस्यता शुल्क वापतको चेक महासंघका अध्यक्ष एकराज गिरीले झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतलाई हस्तान्तरण गरेर सदस्यता ग्रहण गर्नुभएको हो।
अध्यक्ष बस्नेतले महासंघलाई संस्थागत सदस्यता प्रदान गर्दै गोल्ड कप सफल बनाउन सञ्चार क्षेत्रबाट थप हौसला र उर्जा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस क्रममा महासंघका पूर्व अध्यक्ष तथा महासंघका पदाधिकारी सदस्यहरुसहित झापाली सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो ।
फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशाला बिर्तामोडमा मुलुकका चर्चित १० टिम वीच गोल्डकपको छैटौं संस्करण सञ्चालन हुदैछ ।

सहकार्य र सद्भावको नयाँ अध्यायः भद्रपुर झापा गोल्डकपद्वारा शुभकामना

यसैबीच, ” छैटौं झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता -२०८०”को सफलताको कामना गर्दै ” भद्रपुर झापा गोल्डकप” – ले शुभकामना तथा मायाको चिनो प्रदान गरेको छ।
भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालको नेतृत्वमा हिजै मुख्य सल्लाहकार टिकाराज ढकाल,उपाध्यक्षत्रय गौरब सुब्बा, डिल्लीराम घिमिरे , बाबुराम पराजुली,महासचिव जीवनकुमार श्रेष्ठ ,सदस्य भरतचन्द्र गुरुङ,नितेश वर्मा,शम्सेर मोक्तानसमेतको प्रतिनिधि मण्डलले खेल मैदान डोमालाल राजवंशी रंगशालामा पुगेर प्रतियोगिताको तयारी अवस्था अवलोकन गर्दै सहकार्य र सद्भावको नयाँ अध्यायस्वरूप शुभकामना पत्र हस्तान्तरण गरेको हो।

भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले संचालन गरेको संक्षिप्त कार्यक्रमका वीच झापा गोल्डकपको छैटौं संस्करणका अध्यक्ष बिनोद बस्नेतलाई शुभकामना-पत्र हस्तान्तरण गरिएको सो अवसरमा अध्यक्ष दिपेश ढकाल र सल्लाहकार टिकाराज ढकालले सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो। भद्रपुर झापा गोल्डकपको लोगो अंकित जर्सी र टोपीहरू मायाको चिनोस्वरूप प्रदान गरिएको त्यस कार्यक्रमलाई नवीनतम प्रयास भनेर भद्रपुर झापा गोल्ड कपका महासचिव जीवनकुमार श्रेष्ठले उल्लेख गर्नुभएको छ।

48 thoughts on “पत्रकार महासंघलाई झापा गोल्ड कपको सदस्यता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *