• Sat. Jul 27th, 2024

पत्नी र छोरीलाई टोकेरै हत्या !

BySaptahik Samachar

९ कार्तिक २०७८, मंगलवार १५:२८ ९ कार्तिक २०७८, मंगलवार १५:२८ ९ कार्तिक २०७८, मंगलवार १५:२८

इलामको देउमाई नगरपालिकामा एक व्यक्तिले गएराति आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्।देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षे कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।
आफू धामी भएको भन्दै चिन्ता बस्नेक्रममा पत्नी र छोरीको टोकेर हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
‘अन्धविश्वासका कारण कमलले श्रीमती र छोरीको हत्या गरेको देखिन्छ,’ उहाँले भन्नुभयो , ‘थप अनुसन्धान भइरहेको छ।’
घटनाबारे आज (मंगलबार) बिहानमात्र थाहा भएको र कमललाई प्रहरीले नियन्त्रणमा लिएको एसपी श्रेष्ठले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *