• Wed. Jan 15th, 2025

नेपाली टोली फारविसगञ्जमा,गलगलिया भन्सार नाका स्तरीकृत गर्ने विषयमा छलफल

BySaptahik Samachar

२६ पुष २०८१, शुक्रबार १७:२३ २६ पुष २०८१, शुक्रबार १७:२३ २६ पुष २०८१, शुक्रबार १७:२३

भद्रपुर २६ पुस/ गलगलिया नाका विस्तार र आयात निर्यात सुचारु गर्ने विषयमा  छलफल गर्न गएको नेपाली टोलीले विहार फारवेशगन्जको भन्सार अधिकारीहरूसँग वार्ता गरेका छन्। भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा आज शुक्रबार गएको टोलीले फारवेशगन्जका असिस्टेन्ट कस्टम कमिस्नर अमरदीप हेमरमसँग भेटवार्ता गरेको हो। 

टोलीमा झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ कोसी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल, नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदीपमणि रेग्मी , नेपाल चिया उत्पादक संघका निवर्तमान अध्यक्ष सुरेश मित्तल र गलगलियाका पूर्व मुखिया तथा भारत नेपाल मैत्री संघ गलगलियाका गणेश राय लगायतको सहभागिता थियो।
प्रतिनिधि मण्डलको नेतृत्व गर्नु भएका नगरप्रमुख पाेखरेलका अनुसार छलफल सकारात्मक भएको छ।उहाँले भन्नुभयो-‘ गलगलियामा रहेको छोटी भन्सारको स्तरवृद्धि गर्न हामीले अनुरोध गर्यौ,भारतीय पक्ष सकारात्मक देखिएको छ ।’

भद्रपुर भन्सार स्तरीकृत भए पनि सीमान्त नाका गलगलियाको स्तरवृद्धि नहुँदा आयात निर्यात व्यापार विस्तार हुनसकेको छैन।
टोलीमा सहभागी झापा उद्योग संघका अध्यक्ष श्रेष्ठले भन्नुभयो- ‘ फारविसगन्जको कस्टम पदाधिकारी टोली पर्सी आइतबार नै आएर स्थलगत अध्ययन गर्दैछ। ‘ भद्रपुरमा नेपालका तर्फबाट मेची पुल बने पनि भारतीय पक्षबाट विभिन्न कारण देखाई गलगलिया कस्टमको स्तर वृद्धि गरेको छैन। गलगलियामा कस्टमको स्तर वृद्धि गर्न पहुँच मार्ग ,कार्यालय भवन, गोदाम घर आवश्यक छ।यसको लागि आवश्यक जमिनको व्यवस्थापन गर्नु पर्ने खाँचो पनि त्यतिकै रहेको छ।

16 thoughts on “नेपाली टोली फारविसगञ्जमा,गलगलिया भन्सार नाका स्तरीकृत गर्ने विषयमा छलफल”
  1. Your blog is like a beacon of light in the vast expanse of the internet. Your thoughtful analysis and insightful commentary never fail to leave a lasting impression. Thank you for all that you do.SABA303

  2. I am not sure where youre getting your info but good topic I needs to spend some time learning much more or understanding more Thanks for magnificent info I was looking for this information for my missionSABA303

  3. Excellent blog here Also your website loads up very fast What web host are you using Can I get your affiliate link to your host I wish my web site loaded up as quickly as yours lolSABA303

  4. Your blog is a testament to your dedication to your craft. Your commitment to excellence is evident in every aspect of your writing. Thank you for being such a positive influence in the online community.SABA303

  5. Your blog is a constant source of inspiration for me. Your passion for your subject matter is palpable, and it’s clear that you pour your heart and soul into every post. Keep up the incredible work! HABANERO88

Leave a Reply

Your email address will not be published. Required fields are marked *