• Thu. Oct 24th, 2024

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

BySaptahik Samachar

२३ श्रावण २०७९, सोमबार २०:१३ २३ श्रावण २०७९, सोमबार २०:१३ २३ श्रावण २०७९, सोमबार २०:१३

भद्रपुर २३ साउन / नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । भारतीय टोलीका पूर्वअलराउन्डरसमेत रहेका ५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए । यसअघि उनी अफगानिस्तान क्रिकेट टिममा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै उनी रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको पनि प्रशिक्षक थिए ।
यसअघि नेपालका पुबुदु दासानायकले बीचमै छोडेपछि मुख्य प्रशिक्षक पद रिक्त रहेको थियो ।
प्रभाकर सन् १९९९ मा खेल मिलेमतोको विवादमा मुछिएका थिए । उनलाई बीसीसीआईले भारतीय टिममा खेल्न प्रतिबन्धसमेत लगाएको थियो । त्यस्तै खेलाडी र छनोटकर्ताका बारेमा सार्वजनिक रूपमै आलोचना गरेपछि उनलाई दिल्ली क्रिकेट टिमले पनि प्रशिक्षकबाट हटाएको थियो ।
प्रभाकर क्रिकेटबाट भारतीय राजनीतिमा प्रवेश गर्न खोजे पनि असफल भएका पात्रसमेत हुन् । उनी सन् १९९६ मा लोकसभा चुनावमा दक्षिण दिल्लीबाट कांग्रेसबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएका थिए । उनी सन् २०१५ मा अफगानिस्तान क्रिकेट टिमको बलिङ प्रशिक्षक भएका थिए । उनकै प्रशिक्षणमा अफगानिस्तानले सन् २०१६ मा भारतमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो ।
पूर्व भारतीय क्रिकेटर उहाँ एक दाहिने हाते मध्यम-गति बलर र एक तल्लो-अर्डर ब्याट्सम्यान थिए र 1996 मा आफ्नो सेवानिवृत्ति सम्म भारतीय क्रिकेट टोलीको लागि कहिले काँही इनिङ खोलेका थिए।
इस्वी सन् १९६३ अप्रिल १५ मा गाजियाबाद, भारतमा उनको जन्म भएको हो।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed