• Sat. Jul 27th, 2024

नेपालको जनसंख्या ३ करोड पुगेन

BySaptahik Samachar

१२ माघ २०७८, बुधबार १९:५३ १२ माघ २०७८, बुधबार १९:५३ १२ माघ २०७८, बुधबार १९:५३

काठमाडौं, १२ माघ / नेपालका जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । आज भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो ।

जनगणनाको तथ्याङक अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या छ लाख नौ हजार ८५८ ले बढी रहेको छ । तथ्याङ्क अनुसार हाल महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको विभागले जनाएको छ । त्यसै गरी विदेशमा रहेका नेपालीको तथ्याङक २१ लाख ६९ हजार ४७८ छ।

२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत छ । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *