भद्रपुर २२,पुस / झापाको सुदूर दक्षिणी गाउँपालिका कचनकवलको पथरियामा बिहीबार हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पिछडिएको र विपन्न समुदाय तथा मजदूरहरुलाई लक्षित गरेर काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पतालको आयोजना एवम् रोटरी क्लव अफ भद्रपुर, इनरह्विल क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर, इन्ट्रयाक्ट क्लव अफ भद्रपुर र नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाको व्यवस्थापनमा कचनकवल २ नं वडा कार्यालय परिसरमा वृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. युवराज खरेलको नेतृत्वमा रहेको चिकित्सकको टोलीले बिरामीको चेकजाँज गरेको थियो ।शिविरमा कचनकवलका दूरदराजबाट बृद्धबृद्धा, विपन्न परिवार र मजदुरहरु उल्लेख्य मात्रामा सेवा लिन आएको रोटरी क्लव अफ भद्रपुरका प्रेसिडेन्ट विगत ओझाले जानकारी दिनु भयो । शिविरको चिकित्सकीय टोलीमा विशेषज्ञ डाक्टरहरू समिर कार्की, अनिश ज्ञवालीका साथै स्वास्थ्यकर्मी मैना गुरुङ, क्षितिज गड्तौला लगायत मेची अस्पताल र भद्रपुर नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरूबाट समेत प्राविधिक सहयोग रहेको थियो । शिविर व्यवस्थापनमा आयोजक संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो । शिविरबाट पहिलो दिन चारसय बढीले सेवा लिएको र सोही शिविर शुक्रबार(भोलि) कचनकवलकै वडा नं ६ को बनियानीमा सञ्चालन हुने नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठले जानकारी दिनुभयो । यो शिविर अर्थोपेडिक अस्पतालको वार्षिक कार्यक्रम तालिका अनुसार भएको बताउँदै श्रेष्ठले शिविरमा झण्डै चार लाख रुपैयाँ बराबरको औषधि पनि निःशुल्क वितरण गरिने जानकारी दिनु भयो । Post Views: 357 Post navigation सुन तस्करी प्रकरणः दुई लाख धरौटीमा छुटे गोरेका भाई सौर्य एयरलाइन्सबाट बरामद भएको ५०लाख रूपैयाँ एयरलाइन्सकै अध्यक्ष पोखरेलको भएको पुष्टी
अमलाकाण्ड’ भनेर सामाजिक संजालमा मजाक बनाइएको यौन अपराध, अनुसन्धानका लागि वृद्ध प्रहरी नियन्त्रणमा २२ माघ २०८१, मंगलवार ०५:३८