dav
साप्ताहिक समाचारदाता /भद्रपुर १८ साउन /कोरोना संक्रमणको चेन ब्रेक गर्ने लक्ष्यका साथ झापामा शनिबार मध्यरातदेखि निषेधाज्ञा लगाइएको छ। तर, निषेधाज्ञाको परिपालना गराउने पक्षको फितलो व्यवहार र नागरिक समाजको अटेरीपनले ठूला सवारी साधन केही पातलो आवागमन र पुरै ढोका खोलेर चलाइने पसलमा एक चौथाई मुख खोलेर चलाउने बाहेक निषेधाज्ञाको अनुभूति भएको छैन।
“मानिसहरूको आवतजावत उस्तै छ। टेम्पो, सिटीसफारी चलिराखेका छन्। पसल बन्द छ तर, ताला खुल्लै राखेर व्यापारी ग्राहक पनौती औंर्खेर बसिराखेको छ।” यो निषेधाज्ञाको दोस्रो दिन भद्रपुरको अवस्था हो।
dav
कोरोना संक्रमण बढ्दो क्रममा
कोरोना संक्रमण फैलने क्रम जारी छ। झापामा एक हप्ताको अवधिमा मात्रै १ हजार ७ सय ९९ जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ। यो विवरण गत साउन ११ गते सोमबारदेखि हिजो आइतबार सम्म एक हप्ताको हो। संक्रमण भएपछि परीक्षण गर्न आउने संख्याको यो विवरण भन्दा ठूलो संख्या परीक्षण नगर्नेहरूको छ। लक्षण देखिए पछि घरमै आइसोलेटेट हुने र स्वास्थ्य मापदण्ड पालन गर्दै चिकित्सकको अनौपचारिक सुझाव र जानिफकारको सल्लाहमा ओखती मुलो चलाउने ठूलो समूह भेट्न सकिन्छ। यसो गर्नेमा शिक्षित समुदायका मानिसनै धेरै छन्।
यो हप्ता दिनकै अवधिमा झापामा कोरोना संक्रमणबाट २५ जनाको निधन भएको छ। यो तथ्याङ्कले झापा जोखिमपूर्ण र खतरामुक्त नरहेको प्रष्ट संकेत गरेको छ।
मृत्यु हुने क्रम बढेको बढ्यै
झापामा कोभिड भएर आइतबार मात्रै ४ जनाको मृत्यु भएको छ भने अघिल्लो दिन शनिबार ५ जनाको निधन भएको विवरण जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा थियो।यो तथ्याङ्क बाहेक पनि हिजो एकैदिन झापाको बुद्ध शान्ति गाउँ पालिकामा मात्रै तीन जनाको मृत्यु भएको त्यहाँबाट प्राप्त समाचारमा उल्लेख छ। यसको विवरण जिल्ला स्वास्थ्य कार्यालयबाट आउन वाँकी नै छ। यसकारण पनि झापामा कोरोनाको अवस्था भयावह छ र सवैले यसको नियन्त्रण र न्यूनीकरणमा सहयोग गर्नुपर्ने आवश्यक्ता छ।
dav
Yabancı modellerle elit bir akşam geçirmek isteyenler için Ankara’nın en başarılı adresi. Ankara escort aramalarında artık başka bir yere bakmaya gerek yok.
Hem web tasarımı hem kullanıcı deneyimi açısından site çok iyi. Ankara escort hizmetleri bu kadar profesyonel verilmemişti.
Günümüzde kaliteli hizmet bulmak zor. Ancak AnkaraRusModel bu konuda fark yaratıyor. Özellikle Çankaya escort kısmı şahane.