• Sat. Jul 27th, 2024

निःशुल्क सेवाको पनि व्यवसायीद्वारा बेवास्ता

BySaptahik Samachar

४ मंसिर २०८०, सोमबार १७:३९ ४ मंसिर २०८०, सोमबार १७:३९ ४ मंसिर २०८०, सोमबार १७:३९

काठमाडौं/ सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न सरकारले शुरु गरेको सवारीसाधनमा ग्लोबल पोजिशनिङ सिस्टम (जीपीएस) जडान गर्न व्यवसायीहरुले बेवास्ता गरेका छन् ।
भेहिकल ट्रयाकिङ सिस्टम (भीटीएस) नामक सो प्रविधि जडानको काम २ वर्षअघि शुरु गरिए पनि हालसम्म केवल ३५ वटा सवारीसाधनले जडान गरेको पाइएको हो ।
यातायात व्यवस्था विभागले प्रारम्भिक चरणमा सय वटा कोटा तय गरी सार्वजनिक यातायातका साधनमा निःशुल्क सेवा दिन थाले पनि हालसम्म ६५ वटा बाँकी नै रहेको जनाएको छ ।
विभागले २०७८ सालको मंसीरदेखि निःशुल्क सेवा सहित नमूना अभ्यासका लागि सवारीसाधनमा जीपीएस जडान गरिदिन शुरु गरेको थियो । तर, यातायात व्यवसायीहरूले त्यसलाई बेवास्ता गरेपछि विभागको सो अभियान शुरुवातमै अलपत्र परेको विभागले जनाएको छ ।

2 thoughts on “निःशुल्क सेवाको पनि व्यवसायीद्वारा बेवास्ता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *