• Sat. Jul 27th, 2024

नागरिक एफएमको अध्यक्षमा भक्त खवास

BySaptahik Samachar

१५ बैशाख २०८१, शनिबार १६:५१ १५ बैशाख २०८१, शनिबार १६:५१ १५ बैशाख २०८१, शनिबार १६:५१

भद्रपुर १५,वैशाख / नागरिक अधिकार मञ्चद्वारा सञ्चालित नागरिक एफएमको सञ्चालक समितिको अध्यक्षमा भक्त खवास चयन हुनुभएको छ। विगत १४ वर्षदेखि सदरमुकाम भद्रपुरमा रहेको ५ सय वाटको एक मात्र रेडियो नागरिक एफएम १०७.५ मेगाहर्जको आज भएको साधारण सभाले ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
यसमितिको उपाध्यक्षमा टीकाराज ढकाल, सचिवमा नागरिक एफएमका प्रबन्ध निर्देशक पदेन सचिव रहने व्यवस्था अनुसार चिन्तामणि दाहाल, कोषाध्यक्ष गोपाल गिरी र सहसचिवमा श्रीतीरानी देव रहनु भएको छ भने ईश्वर अधिकारी र महेशप्रसाद पौडेललाई सदस्यमा चयन हुनुभएको छ।

साधारण सभाले आर्थिक प्रतिवेदन पारित गर्नुका साथै एफएमको निर्माणाधीन भवन सम्पन्न गर्न शेयर सदस्यहरूबाट रकम संकलन गर्ने विगतको निर्णयलाई परिपालना गर्ने भएको प्रवन्ध निर्देशक दाहालले जानकारी दिनुभयो। ओमप्रकाश सरावगीको अध्यक्षतामा भएको साधारण सभाले संस्थापक अध्यक्ष सरावगीलाई धन्यवाद ज्ञापन गरेको छ। साथै, लामो समय नेतृत्व प्रदान गर्नुभएका उहाँलाई एफएमका तर्फबाट सम्मान गर्ने निर्णय गरेको समेत जनाइएको छ।

16 thoughts on “नागरिक एफएमको अध्यक्षमा भक्त खवास”

Leave a Reply

Your email address will not be published. Required fields are marked *