साप्ताहिक समाचारदाता भद्रपुर १७ भदौ/भद्रपुरबाट भारत जाने सीमा नाका खोल्न झापा उद्योग वाणिज्य संघले प्रधानमन्त्री शेरबहादुर वहादुर देउवासमक्ष ज्ञापनपत्र पठाएको छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना मार्फत झापा उद्योग वाणिज्य संघले आज ज्ञापनपत्र पठाएको हो। अध्यक्ष नवराज पनेरू ‘राजु’ को नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री देउवालाई पठाएको ज्ञापनपत्रमा , डेढ वर्ष भन्दा बढी समयदेखि वन्द रहेको नाका नखुल्दा व्यापार व्यवसाय चौपट भएको हुँदा यथाशीघ्र नाका खोल्न आग्रह गरिएको छ। कोभिड-१९ को संक्रमण शुरू भए देखि नै बन्द रहेको भद्रपुर सीमा नाका खुला गर्ने पहलकालागि झापा उद्योग वाणिज्य संघले अर्थ मन्त्रालय, गृह मन्त्रालय, सांसदहरु र नेपाल उद्योग वाणिज्य महासंघलाई पनि अनुरोध गरेको छ। टोलीमा संघका अध्यक्ष पनेरू वाहेक वरिष्ठ सदस्य अजय साहेवाला, उपाध्यक्ष सन्तोष धमला, महासचिव पंकज शर्मा र सदस्य पवन श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो। यस अघि हिजो मात्रै झापा उद्योग संघले पनि नाका खोल्न माग गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। Post Views: 380 Post navigation कलाकार निशा घिमिरेको निधन प्रथम वहुउदेश्यीयको नवौँ स्थापना दिवसमा रक्तदान
विर्ता बजारमा रहेको दुर्गा मन्दिरमा बिजया दशमीको दिन लाग्ने मेलामा स्थानाभाव भएपछि सडकमै सन्थाल नृत्य २६ आश्विन २०८१, शनिबार २०:३७
भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गिरीको पनि निधन,राउतको अवस्थामा सुधार २५ आश्विन २०८१, शुक्रबार १६:५६