• Wed. Jan 15th, 2025

नवागन्तुक झापा प्रजिअको प्रतिबद्धताः झापामा जनमैत्री सेवा प्रवाह

BySaptahik Samachar

६ पुष २०८०, शुक्रबार २०:१९ ६ पुष २०८०, शुक्रबार २०:१९ ६ पुष २०८०, शुक्रबार २०:१९

भद्रपुर ६ पुस । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापा जिल्लालाई सेवा प्रवाहमा जनमैत्री बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा तीन दिन अघिमात्र झापा आइपुग्नुभयो भएका बाँस्तोलाले झापाली सञ्चारकर्मीहरूसित भेटघाट गर्दै सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरूस्त बनाउँदै जनमैत्री बनाउने प्रतिबद्धता प्रकट गर्नुभएको हो।
पाल्पाबाट सरूवा भएर झापा आउनुभएका उहाँले भारतसित खुल्ला सिमाना रहेको यस जिल्लामा हुने गरेकाे चोरी तस्करी, भ्रष्टाचार, कालोवजारी तथा नियम विपरितका सवै गतिविधि नियन्त्रणमा विशेष ध्यान राख्ने बताउनुभएको छ । उहाँले, झापा जिल्लाका सवै सरकारी सेवा प्रदायक कार्यालयहरूमा सूचनामैत्री वातावरण निर्माण गर्दै जिम्मेवारीको प्रगति विवरण सार्वजनिक गर्न अनिवार्य रूपमा सूचना अधिकारीको व्यवस्था गराउने र मागेको सूचना पत्रकारलाई उपलब्ध गराउन आफू प्रतिबद्ध रहने पनि बताउनुभएको छ ।
विकास निर्माणका काममा रहने बाधा अवरोध हटाएर छिटो काम सम्पन्न हुने वातावरण निर्माणमा लाग्ने बताउँदै प्रजिअ बाँस्तोलाले सरकारी सम्पत्ति संरक्षणका लागि ध्यान केन्द्रित गर्ने, झापामा देखिएको सडक, वन, विजुली र मिटरव्याजी समस्या हल गर्न लागि पर्ने जनाउनुभएको छ । यस अगाडि पाँचवटा जिल्लाको नेतृत्व गरिसक्नु भएका प्रजिअ बाँस्तोलाले चर्चा र प्रचारमा होइन विवाद रहित सेवा प्रवाहमा ध्यान केन्द्रित गर्ने गरेको प्रष्ट पार्नुभएको छ ।

419 thoughts on “नवागन्तुक झापा प्रजिअको प्रतिबद्धताः झापामा जनमैत्री सेवा प्रवाह”