प्रदेशकै पहिलो बाल मैत्री नगर पालिका घोषणा भएको भद्रपुरले हरेक वर्षको पौष ७ गतेलाई बालमैत्री दिवस मनाउने निर्णय गरेको छ। श्रीकृष्ण द्वैपायन गुरूकुल वेद विद्याश्रममा आयोजित छनौट कार्यक्रमको अध्यक्षता वाल मैत्री नगर पालिका भद्रपुरका प्रमुख जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो।
भद्रपुर नगरका माध्यमिक र आधारभूत तहका गरी २६ वटा विद्यालयले सहभागिता जनाएको छनौट प्रतियोगितामा दुवै तहका ३/३वटा गरी ६ वटा विद्यालय छनौट भएको भद्रपुर नगर नृत्य शिक्षक कृति राईले जानकारी दिनुभयो।राईका अनुसार आधारभूत तहमा वीरेन्द्र मा.वि.प्रथम,हिमाली मा.वि.दोस्रो र सीता आधारभूत विद्यालय तेस्रो तथा मा.वि.तहमा सगरमाथा, प्रज्ञा एकाडेमी र हिमाली मा.वि.क्रमशः प्रथम,द्वितीय र तृतीय भएका छन्।
छनौट कार्यक्रममा वीरेन्द्र माविका प्रधानाध्यापक खिलराज कोइराला,भद्रपुर नगर शिक्षा शाखा प्रमुख प्रेमवहादुर भूजेल र वाल मैत्री फोकल पर्सन टिकाराम पाण्डेले नृत्यका वारेमा मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर वाल मैत्री अध्यक्ष भावना पोखरेल र सचिव दिव्या काफ्लेले गर्नुभएको थियो। प्रतियोगिताको निर्णायकमा नृत्य प्रशिक्षक कृति राई र रोमन जोगी रहनु भएको कार्यक्रम संचालक पोखरेलले जानकारी दिनुभयो।