प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना भद्रपुर २५,पुस /नेपाल सरकारले जिल्ला तहका धेरै प्रशासनिक नेतृत्वलाई परिवर्तन गरेको छ। केही दिन अघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको थियो। सरूवा भएका प्रमुख जिल्ला अधिकारीको विदाई समारोह जारी रहेको र विदाई भएर जान लाग्दै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिल्ला प्रमुखहरूको पनि सरूवा भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको सरूवा भएर अहिले उहाँलाई विदाइ गर्ने क्रम जारी छ। उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ भने उहाँको स्थानमा छविलाल रिजाल आउने जिल्ला प्रशासन कार्यालय स्रोतले बताएको छ। प्रशासन प्रमुखहरूको फेरबदल भइरहेको सन्दर्भमा नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको पनि सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार झापामा कार्यरत प्रहरी उपरीक्षक सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ भने झापामा विश्वमणि पोखरेललाई पठाइएको छ ।पोखरेल राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारबाट झापामा पठाइएको हो। भट्टराईको इन्चार्जबाट इन्चार्जमै सरुवा भएको छ । त्यस्तै,जिल्ला प्रहरी कार्यालय सिराहामा अर्जुनप्रसाद तिमिल्सिना, काभ्रेमा चक्रराज जोशी, पाल्पाको इन्चार्जमा जनक बहादुर शाही र बारामा दिलीपसिंह देउवालाई सरुवा गरिएको छ । पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ भने कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सुशीलसिंह राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको आइतबारको निर्णयानुसार पुस महिनादेखि नै तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको गरिएको हो । एसपीहरुको सरुवा हुँदा केही जिल्लामा प्रहरी प्रमुख समेत परिवर्तन भएका छन् । कञ्चनपुर, बारा, काभ्रे, झापासहितका जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत अमरेन्द्रबहादुर सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत अरुण पौडेललाई प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा गरिएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपालका ६५ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको पनि सरुवा भएको छ। माघ महिनादेखिको तलब, भत्ता तथा रासन पाउने गरी उहाँहरुको सरुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएकाे छ । सरूवा क्रममा झापाको सशस्त्र प्रहरी नेपाल २नं.गण हेडक्वार्टर भद्रपुर – ८ घोडामारा,चन्द्रगढीमा कार्यरत उपरीक्षक रमेशकुमार पाण्डे काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरूवा हुनु भएकाे छ भने त्यो स्थानमा हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखराबाट प्रदिपसिंह कार्की आउँदै हुनुहुन्छ। त्यस्तै, झापाकै सशस्त्र प्रहरी बल नेपाल ३८ नं. रिजर्भ गण हेडक्वार्टर लखनपुरमा रहनुभएका प्रहरी उपरीक्षक सुभाष भण्डारी सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभागमा स्थानान्तर हुनुभएको छ। उहाँको ठाउँमा सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजमा कार्यरत समिककुमार महर्जनलाई पठाइएको छ। Post Views: 255 Post navigation एमाले अध्यक्ष ओलीद्वारा निजामती कर्मचारीको भवन उद्घाटन बढ्यो कोरोना कहर/सार्वजनिक स्थानमा 25जना भन्दा बढी भेला हुन बन्देज,भेला महोत्सवमा रोक
झापा सदरमुकाम चन्द्रगढीमा भद्रपुर नगर पालिकाको वार्षिक कार्यक्रम अनुसार स्थानीय जनसहभागितासमेत लगभग २० लाखको लागतमा निर्माण भएको वाटर फाउन्टेन आज परीक्षण गरियो। १४ कार्तिक २०८१, बुधबार १९:५७