• Sat. Feb 24th, 2024

देउसी भैलोको आम्दानी सार्वजनिक

BySaptahik Samachar

७ मंसिर २०८०, बिहीबार ०९:०७ ७ मंसिर २०८०, बिहीबार ०९:०७ ७ मंसिर २०८०, बिहीबार ०९:०७

भद्रपुर ७ मङ्सिर / झापा हल्दिबारी-२ पाराखोपीमा रहेको सरस्वती आधारभुत विद्यालयले देउसी खेलेर दुई लाख १६ हजार ४५ रूपैयाँ संकलन गरेको छ। सांस्कृतिक देउसी भैलो कार्यक्रम -२०८० का संयोजक तथा विद्यालयका प्रधानाध्यापक गोविन्द वोहोराका अनुसार यसवर्षको तिहारमा संस्कृतिको जगेर्नाका साथै विद्यालयको स्रोत बृध्दिका लागि खेलिएको देउसी भैलो कार्यक्रमबाट सो रकम संकलन भएको हो।
बिद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष खिनादेवी घिमिरेको अध्यक्षतामा वुधवार बिद्यालयमा भएको अभिभावक भेलामा संकलित रकम सार्वजनिक गरिएको हो। संकलित रकम मध्ये ५१ हजार ५ सय ९५ खर्च भई एक लाख ६४ हजार चारसय ५० रुपैंया बचत भएको प्रअ वोहोराले जानकारी दिनुभयो। देउसी भैलो कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी तथा शिक्षक-बिद्यार्थीको सहभागिता थियो।

2 thoughts on “देउसी भैलोको आम्दानी सार्वजनिक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *