• Wed. Dec 4th, 2024

दीनबन्धुद्वारा कम्बल वितरण/अपाङ्गता पुनर्स्थापना केन्द्रमा बन्जाराको सहयोग

BySaptahik Samachar

१४ पुष २०८०, शनिबार १२:३३ १४ पुष २०८०, शनिबार १२:३३ १४ पुष २०८०, शनिबार १२:३३

भद्रपुर १४,पुस / समाजसेवी दीनबन्धु गोयलले भद्रपुर – ६ भातियाबाडीस्थित स्व.ओमप्रकाश गोयल कोलोनीमा बसोबास गर्ने परिवारलाई कम्बल प्रदान गर्नुभएको छ।
भतियाबाडीमा उहाँले निर्माण गरी हस्तान्तरण गर्नुभएको १४ घरपरिवार र अन्य एक निम्न आय भएकाे परिवार छनौट गरी ६ न.वडा कार्यालयको सिफारिसमा शनिबार एक संक्षिप्त कार्यक्रमका बीच १५ थान कम्बल वितरण गरिएको हो।

आफ्ना दाजु स्व. ओमप्रकाश गोयलको स्मृतिमा २०८० बैशाख १० गते उहाँले लगभग एक करोड रूपैयाँ खर्च गरेर १४ परिवारका लागि घर हस्तान्तरण गर्नुभएको थियो। घर हस्तान्तरण गरिएको सो स्थानलाई भद्रपुर नगरपालिकाको समन्वयमा ओम गोयल कोलोनी मार्ग नामकरण गरिएको छ।

भद्रपुर नगरपालिकाका ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा अन्य जनप्रतिनिधि, समाजसेवी र सञ्चारकर्मीको उपस्थितिमा कम्बल वितरण गरिएको हो। जयन्ती मानीले स्वागत मन्तव्य राखेको कार्यक्रममा राजवंशी समाज विकास समितिका झापा अध्यक्ष उत्तमकुमार राजवंशी, आदिवासी राजवंशी भाषिक, सांस्कृतिक विकास प्रतिष्ठान भद्रपुरका अध्यक्ष तुलाराम राजवंशी लगायतले मन्तव्य राख्नुभएको थियो भने वडा सदस्य प्रकाश शर्माले कार्यक्रम संचालन गर्नुभएको थियो।

कम्बल प्राप्त गर्ने परिवारमा राजो माझी,श्याम माझी,रमेश माझी,शर्मिला माझी, प्रमिला माझी, धन राजवंशी, निर्मला राजवंशी रहेका छन्। त्यस्तै, भेलासरी राजवंशी, विमला माझी, सुमित्रा माझी, सलवहादुर दास, लखन माझी, सेवानन्द माझी, रविन माझी र शान्ति माझीलाई पनि कम्बल वितरण गरिएको छ।

यसैगरी, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाद्वारा सञ्चालित कोसी प्रदेश स्तरीय अपाङ्गता पुनर्स्थापना केन्द्रमा रहेका आवासीय आश्रित अपाङ्गता भएकाहरूलाई शनिवार नै कम्बल वितरण गरेको छ।

सामुदायिक सेवा केन्द्रका आजीवन सदस्य भद्रपुर ६ निवासी समाजसेवी कुशहरी वञ्जराले आफ्नाे नाति ओजस वन्जराको जन्मदिनको अवसरमा पुनर्स्थापना केन्द्रमा रहेकाहरुलाई १४,०००/- रूपैयाँ मूल्य वरावरको १४ थान व्ल्यांकेट उपलव्ध गराउनु भएको सेवा केन्द्रकी अध्यक्ष शीला खड्काले बताउनुभएको हो।

490 thoughts on “दीनबन्धुद्वारा कम्बल वितरण/अपाङ्गता पुनर्स्थापना केन्द्रमा बन्जाराको सहयोग”