• Sat. Jul 27th, 2024

त्रिभुवन आर्मी क्लबलाई भद्रपुर झापा गोल्डकपको उपाधि

BySaptahik Samachar

१६ फाल्गुन २०७९, मंगलवार २०:४१ १६ फाल्गुन २०७९, मंगलवार २०:४१ १६ फाल्गुन २०७९, मंगलवार २०:४१

भद्रपुर १६,फागुन / प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।मंगलबार भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ।
जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मच्छिन्द्रले ७ लाखमा चित्त बुझाएको छ ।टाइब्रेकरमा मच्छिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोल रक्षक सुमित श्रेष्ठले रोकेका थिए ।
टाइब्रेकरमा आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मच्छिन्द्रका रक्षक विशाल श्रेष्ठले रोके । टाइब्रेकरमा आर्मीका दिपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेलमा थप १४ मिनेट अतिरिक्त समय खेल खेलाइयो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आर्मी भाग्यमानी सवित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले पाएका अवसर सदुपयोग गर्न सकेन । आर्मीको तुलनामा मच्छिन्द्रले राम्रो खेले पनि फिनिसिङ लाइन कमजोर हुँदा उपविजेतामा चित्त बुझाउन पर्यो ।
खेलको ७३ औँ मिनेटमा आर्मीका सुदिल राई र मच्छिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिएको थिए । उनीहरु मैदान बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सीमित भएको थियो ।

यस खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका सुमित श्रेष्ठ, उच्च गोलकर्ता मच्छिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिष चौधरी, उदीयमान खेलाडी मच्छिन्द्रका सौरभ राई, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले नगद २५ हजार पाएका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले नगद एक लाख रुपैयाँ पाए । विजेता र उपविजेतालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
यसैबीच, आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्वफुटबलर गम्भीर राईलाई एक थान टिभिएस मोटरसाइकल प्रदान गर्यो ।

One thought on “त्रिभुवन आर्मी क्लबलाई भद्रपुर झापा गोल्डकपको उपाधि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *