• Sun. Jul 21st, 2024

तारा एअरको विमानको अवस्था अज्ञात /खोजी कार्य जारी। को को थिए विमानमा

BySaptahik Samachar

१५ जेष्ठ २०७९, आईतवार १२:१३ १५ जेष्ठ २०७९, आईतवार १२:१३ १५ जेष्ठ २०७९, आईतवार १२:१३

भद्रपुर १५जेठ /पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागि टेकअफ भएको थियो ।तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरि तर्फ मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागि सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।यात्रु मध्ये ४जना भारतीय र २ जना जर्मन नागरिक सहित ६ जना विदेशी थिए भने बाँकी १३जना नेपाली थिए।
विमानमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
यस्तै विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *