• Sat. Jul 27th, 2024

‘डे ग्लो’को विस्तार :अव लजिङ फुडिङ सहित डे ग्लो इन

BySaptahik Samachar

२१ पुष २०७९, बिहीबार १७:४३ २१ पुष २०७९, बिहीबार १७:४३ २१ पुष २०७९, बिहीबार १७:४३

भद्रपुर /झापाको भद्रपुर -८ सगरमाथा चोकमा सन्चालनमा रहेको डे ग्लो क्याफे रेष्टुरेण्ट एण्ड बारले आफ्नो व्यवसाय बिस्तार गर्दै डे ग्लो इन होटल र लज सञ्चालनमा ल्याएको छ। भद्रपुर – ५ बस स्टेण्ड छेउ नवराज पनेरू ‘राजु’-द्वारा सञ्चालित होटल रिवाजलाई भाडामा लिएर डे ग्लोले लजिङ फुडिङसमेतको सेवा व्यवसाय सञ्चालनमा ल्याएको त्यसका सञ्चालक राज वनले बताउनुभयो।

होटल सञ्चालनको उद्घाटनका अवसरमा बुधबार साँझ भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश एकका अध्यक्ष टीकाराज ढकाल, झापा उद्योग संघका बरिष्ट उपाध्यक्ष तथा भद्रपुर झापा गोल्ड कप फूटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकाल, वडा अध्यक्षहरू गौरव सुव्वा-मनोज र बन्धु कार्की लगायत सहभागी थिए।

उद्घाटनका अवसरमा नव युवा गायक विजय अधिकारी सहित एसेक्स ब्यान्डले साङ्गीतिक प्रस्तुति दिएको थियो भने टेलिभिजन प्रस्तोता प्रहिल कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। डेग्लो क्याफे रेष्टुरेण्ट एण्ड बारले होटल म्यानेजमेन्ट सम्वन्धी इन्स्टिच्युट समेत सञ्चालनमा ल्याएको अर्का सञ्चालक एम बी गिरीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *