• Sun. May 19th, 2024

डुबानमा परेको ३८ घण्टापछि दुहबी सबस्टेशन सन्चालनमा, प्रदेश १का सवै जिल्लामा विद्युत आपूर्ति सुचारु

BySaptahik Samachar

४ कार्तिक २०७८, बिहीबार १४:२७ ४ कार्तिक २०७८, बिहीबार १४:२७ ४ कार्तिक २०७८, बिहीबार १४:२७

भद्रपुर ४ कार्तिक /अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ ।
‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौं’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो-‘दुहवी सबस्टेसनबाट निकालिएका लाइनको क्रमश : चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिरहेका छौं ।’
प्रदेश१का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको थियो । सबस्टेसन सञ्चालनमा आएसंगै अहिले अधिकांश ठाउँमा विद्युत आपूर्ति सुचारु भइसकेको छ ।
उपकरणहरुमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताउनुभयो । सबस्टेसनमा रहेका ४ वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभिए छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *