• Sun. Oct 27th, 2024

झिलझिलेमा संस्कृति उत्थान महोत्सवको तयारी

BySaptahik Samachar

८ माघ २०७९, आईतवार १८:३७ ८ माघ २०७९, आईतवार १८:३७ ८ माघ २०७९, आईतवार १८:३७

८ माघ । झापाको शिवसताक्षी नगरपालिका– ८, झिलझिलेस्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टमा संस्कृति उत्थान महोत्सव हुने भएको छ ।
आदिवासी–जनजाति समुदायको संस्कृति, कला र भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि ५ गतेसम्म संस्कृति उत्थान महोत्सव आयोजना हुने भएको हो ।
रिसोर्ट परिसरमा माघ ८ गते आयोजित पत्रकार सम्मेलनमा रिसोर्टका सञ्चालक राजकुमार संग्रौलाले ‘हाम्रा सांस्कृतिक धरोहर र मूल्य–मान्यतालाई जीवन्त बनाउने उद्देश्यले महोत्सव आयोजना हुन लागेको’ बताउनुभएको हो ।
५ दिने महोत्सव अवधिभर यस भेगमा छरिएर रहेका आदिवासी, जनजातिहरुको मौलिक परिकारहरुको स्वाद लिन सकिने जानकारी दिएको रिसोर्ट व्यवस्थापनले परम्परागत सामग्री, कलाकौशल, पुरातात्विक महत्त्वका वस्तु, भाषा तथा लिपि, बाजागाजा, हातहतियार आदिको परिचयात्मक प्रदर्शनीसँगै प्रत्येक दिन फरक–फरक समुदायको सांस्कृतिक नृत्यहरु प्रस्तुत हुने पनि बताएको छ ।
प्रत्येक साँझ चर्चित स्थानीय तथा राष्ट्रिय कलाकारहरुका साथमा हुने सांगीतिक कार्यक्रममा कुनै प्रवेश शुल्क नलाग्ने भए पनि महोत्सवको अन्तिम दिन विशेष आकर्षणका रुपमा रहने नेपालको सर्वाधिक चर्चित सांगीतिक ब्याण्ड ‘१९७४ एडी’को सांगीतिक साँझमा भने ५ सय र हजार टिकट दरको सशुल्क प्रवेश शुल्क हुने आयोजकले जनाएको छ ।
रिसोर्टकी निर्देशक मेनुका संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रिसोर्टका प्रबन्धक समीर संग्रौलाले गर्नुभएको थियो ।
करीब ५७ करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सो वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट केही समय यता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

5 thoughts on “झिलझिलेमा संस्कृति उत्थान महोत्सवको तयारी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।