• Sat. Feb 24th, 2024

झापा जलथलकी मेनुका इण्डियन आइडलको अन्तिम १५ मा छनोट

BySaptahik Samachar

८ कार्तिक २०८०, बुधबार ०७:०१ ८ कार्तिक २०८०, बुधबार ०७:०१ ८ कार्तिक २०८०, बुधबार ०७:०१

भद्रपुर ८,कात्तिक / भारतमा व्यापक प्रशंसा बटुलिरहेकी मिठो सुर र उच्च तहको स्वरकी धनी झापा जलथलकी मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट हुनु भएको छ ।
भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा फेरि दमदार तथा मर्मस्पर्शी प्रस्तुति दिएपछि जजहरुले पौडेललाई टप १५ मा छनोट गरेका हुन् ।
नेपालले चिन्न नसकेको प्रतिभाशाली गायक मेनुकाले भारतमा व्यापक प्रशंसा बटुलिरहेकी छन् । मेनुकाको गायकीबाट जजहरु भावुक मात्र होइन कला र गलाबाट अत्यन्तै प्रभावित हुने गरेका छन् ।

पछिल्लो एपिसोडमा समेत दमदार प्रस्तुति दिएकी मेनुकाको गायकीलाई जजले रुचाएका थिए । उनीहरुले यो प्रस्तुतिमा स्ट्यान्डिङ ओभेसन पनि दिए । मेनुकाले यो एपिसोडमा जजहरूलाई दोसल्ला ओढाएर उपहार समेत प्रदान गर्नुभयो ।
अडिसन चरणमा मेनुकाले ‘तुम्हारे बिना हमारे कोनो नही’ को बोलको शास्त्रीय भजन गाउँदै दर्शक र जजको मन जित्नुभएको थियो । उहाँले यो प्रस्तुतिमा गोल्डेन माइक समेत जित्नुभयो ।
झापा जलथलमा जन्मिएकी २५ वर्षीया मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गर्नुभएको थियो भने २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गर्नुभएको थियो ।. निरन्तरको लगनशीलता र अरूको भर पर्ने होइन आफै केही गर्नुपर्छ भन्ने दृढ निश्चयी मेनुकाको सफलताकाे निम्ति शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *