• Thu. Oct 24th, 2024

झापा गोल्डकप फूटवलको तयारी पूरा/उद्घाटन खेलमा जाउलाखेल र सातदोबाटो भिड्दै

BySaptahik Samachar

१९ फाल्गुन २०७८, बिहीबार १८:२८ १९ फाल्गुन २०७८, बिहीबार १८:२८ १९ फाल्गुन २०७८, बिहीबार १८:२८

भद्रपुर १९, फागुन / मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण फागुन २१ गते शनिबार देखि हुने भएको छ ।गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएको झापा गोल्डकप आयोजक समितिले जनाएको छ । प्रतियोगिता, बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको उद्घाटन खेल जाउलाखेल यूथ क्लब र सातदोबाटो युथ क्लब वीच हुनेछ।

कोरोना महामारीले दुई वर्ष रोकिएको प्रतियोगिताको पाँचौ संस्करणको तयारी सकिएको आयोजकले बिहीबार पत्रकार सम्मलेन गर्दै जानकारी दिएको हो  । 

प्रतियोगितामा भारत दार्जिलिङको एम एफसी र सिक्किमको आरपी एफसीको सहित नेपालका ए डिभिजन क्लवहरू नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, संकटा क्लव, झापा-११ फुटबल क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लव, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब सहित दशवटा टीम सहभागी हुने आयोजकले जनाएको छ ।  

झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार रूपैयाँ नगद तथा उप विजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद सहित शील्ड र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछन् भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइदैछ । 

प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद नाै हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । पाँचौं संस्करणको यो गोल्डकपमा नेपाल आइस बियरले मुख्य प्रायोजन गरेको हो। 

प्रतियोगिताका लागि १२ हजार दर्शक अँट्ने प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ४० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताउनुभयो ।

पाँचौं संस्करणको गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने अध्यक्ष बस्नेतले पत्रकार सम्मेलनमा बताउनुभयो । 

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed