• Mon. Jul 22nd, 2024

झापा गोल्डकपको खेल तालिका सार्वजनिक

BySaptahik Samachar

१५ फाल्गुन २०७८, आईतवार १८:१० १५ फाल्गुन २०७८, आईतवार १८:१० १५ फाल्गुन २०७८, आईतवार १८:१०

भद्रपुर १५, फागुन/ पाँचौँ झापा गोल्ड कप-२०७८ को खेल तालिका सार्वजनिक भएको छ ।
यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजकका अनुसार उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । प्रतियोगितामा नेपाल पुलिस क्लब, संकटा क्लब, एपिएफ फुटबल क्लब, थ्री स्टार क्लब,
त्रिभुवन आर्मी फुटबल क्लब, भारत दार्जिलिङको एम एफसी र भारत सिक्किमको आरपी एफसी तथा आयोजक टीम झापा ११ फुटबल क्लबले सहभागिता जनाउनेछन्
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २७ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ । झापा गोल्ड कपको फाइनल खेल फागुन ३० गते सोमबार हुनेछ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने खेलका लागि करिब १० हजार दर्शक बस्न सक्ने गरी बाँसको प्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर , उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *