• Sat. Jul 27th, 2024

झापाली चिया उद्यमी चण्डी पराजुलीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

BySaptahik Samachar

१५ बैशाख २०७९, बिहीबार २२:२३ १५ बैशाख २०७९, बिहीबार २२:२३ १५ बैशाख २०७९, बिहीबार २२:२३

भद्रपुर १५ वैशाख /राष्ट्रिय चिया तथा कफी विकास बोर्डले झापा भद्रपुरका चिया व्यवसायी चण्डी पराजुलीलाई सम्मान गरेको छ। २६औं राष्ट्रिय चिया दिवस-२०७९ को अवसरमा आज नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तर्फबाट लाइफ टाइम एचिभमेन्ट अवार्ड २०७९ प्रदान गरिएको हो।
चिया क्षेत्रको प्रचुर सम्भावना बोकेको झापामा आफ्नो जीवनको उर्जाशील युवा अवस्थाबाटै चिया खेतीको विकास र विस्तारमा इमानदार र लगनशील भएर लागेको र अहिले पनि निरन्तर चियाको चौतर्फी विकासमा योगदान पुर्‍याउँदै चिया उद्यमशीलताको जग बसाल्न, रोपण, प्रशोधन र बजारीकरण तथा निर्यात व्यापार जस्ता सर्वपक्षीय व्यावसायिक विधाहरूमा विगत ३४ वर्ष देखि निष्ठापूर्वक लागेकोले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको जनाइएको छ।
नेपाल सरकारले हरेक वर्षको वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ।
नेपालबाट प्रत्येक वर्ष ठूलो मात्रामा यहाँ उत्पादित चिया विदेश निकासी हुने गरेको छ।
चालू आर्थिक वर्षमा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ अर्थात् ११हजार९२० मेट्रिक टन चिया निर्यात भएको जनाएको छ ।
नेपालले भारत लगायत अन्य तेस्रो मुलुकहरूमा चिया निर्यात गर्दै आएको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ हजार ९ सय १७ हेक्टरमा चिया खेती हुँदै आएको छ । त्यसबाट २३७४५ मे. टन चिया उत्पादन गरिएको छ। हाल १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिकहरू चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन्।
नेपाली चिया ९० प्रतिशत भन्दा बढी भारत निर्यात हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *