• Sat. Jul 27th, 2024

झापामा देउवाको समाचार ‘ ब्ल्याक आउट `

BySaptahik Samachar

२५ कार्तिक २०८०, शनिबार १८:३९ २५ कार्तिक २०८०, शनिबार १८:३९ २५ कार्तिक २०८०, शनिबार १८:३९

– – – – – – – – गोपाल गिरी

झापा २५,कार्तिक / नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार झापा आउनु भो र एउटा औपचारिक कार्यक्रममा सहभागी भएर फर्किनुभयो। झापाको कनकाई नगरपालिका–४ कोटीहोम धार्मिक क्षेत्रमा सञ्चालित विश्व कल्याण एवम् संकट निवारण गर्ने उद्देश्यले आयोजित विश्व–शान्ति विराट महायज्ञ महाअनुष्ठानमा सहभागी हुन काँग्रेस सभापति देउवा झापा आउनु भएको हो ।
काँग्रेस सभापति देउवालाई शुक्रबार बिहान चन्द्रगढी बिमानस्थलमा पार्टीका तर्फबाट भव्य स्वागत गरियो।

यी तस्विरले पनि काँग्रेस सभापति देउवाको झापामा राम्रै स्वागत भएको देखिन्छ।
चन्द्रगढी बिमानस्थलबाट देउवा सिधै कनकाई नदिको कार्यक्रमस्थल जानु भएको स्रोतले बताएको छ। त्यहाँको औपचारिक कार्यक्रममा सहभागी भएर पूर्व प्रधानमन्त्री तथा सभापति देउवा शुक्रबार बेलुका नै काठमाण्डौ फर्किनुभयो।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवा झापा आएर फर्कनु भएको समाचार भने झापाका कुनै पनि समाचार माध्यममा प्रकाशन भएनन्। अग्रज पत्रकार चिन्तामणि दाहाल भन्नुहुन्छ – ‘ पूर्व प्रधानमन्त्री र पार्टी सभापतिको न्यूज सम्प्रेषण नहुनुमा पत्रकार भन्दा पनि पार्टीको कमजोरी हो। कित आयोजकले पत्रकारलाई खवर गर्नुपर्छ नभए पाटीले समन्वय गरेर न्यूज वाहिर ल्याउनु पर्थ्यो। ‘
राजधानीबाट काँग्रेस सभापति देउवा झापा आउने समाचार एउटा अनलाइनमा देखिए वाहेक भने देउवा आएर धार्मिक कार्यक्रममा सहभागी भएर फर्केको समाचार भने कतै आएन। झापामा ब्ल्याक आउट जस्तै भयो।
देउवा झापामा व्यक्तिगत कामको सिलसिलामा आउनुभएको होइन। तर, उहाँको आगमनमा पार्टीका केही कार्यकर्ताले आफू देउवा निकट रहेको प्रमाणस्वरूप सामाजिक सञ्जाल फेसबुकमा गर्वका साथ फोटो पोष्ट्याउनु वाहेक केही गरेको देखिएन।

5 thoughts on “झापामा देउवाको समाचार ‘ ब्ल्याक आउट `”
  1. I strongly recommend to avoid this site. The experience I had with it has been purely dismay along with doubts about fraudulent activities. Proceed with extreme caution, or even better, find a more reputable platform to fulfill your requirements.

  2. I highly advise to avoid this platform. My own encounter with it was purely dismay along with suspicion of scamming practices. Be extremely cautious, or better yet, find an honest site to meet your needs.

  3. I strongly recommend to avoid this platform. My personal experience with it has been purely dismay and concerns regarding deceptive behavior. Be extremely cautious, or better yet, look for an honest platform to fulfill your requirements.

  4. I highly advise steer clear of this platform. My personal experience with it was purely dismay as well as suspicion of fraudulent activities. Be extremely cautious, or even better, find a trustworthy platform for your needs.

Leave a Reply

Your email address will not be published. Required fields are marked *