
भद्रपुर,२५ चैत्र /नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारीहरूले झापा भद्रपुरमा कार्यालय स्थापना गरेका छन्।
संगठनको गतिविधि सशक्त र व्यवस्थित ढंगले अघि बढाउने उद्देश्यले भद्रपुर १० मा संगठन आबध्द निजामती कर्मचारीहरूको जिल्ला कार्यालय स्थापना गरिएको झापा जिल्ला अध्यक्ष निरोज कट्टेलले जानकारी दिनुभयो ।
आज शुक्रबार एक समारोहका बीच संगठनकी केन्द्रीय सचिवालय सदस्य एवम् प्रदेश १ इञ्चार्ज भुवन राई तथा पार्टीका झापा जिल्ला कमिटी उपसचिव पदम सुब्बाले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्नुभयो । पार्टीका महासमिति सदस्य तथा पेशागत महासंघमा आबध्द मदन खतिवडाको घरमा कार्यालय स्थापना गरिएको हो ।
संगठनका झापा अध्यक्ष निरोज कट्टेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा पार्टीका तर्फबाट झापा जिल्ला उपसचिव सुब्बा, संगठनका केन्द्रीय सदस्य रामप्रसाद पोखरेल, नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्रविक्रम नेम्बाङ, राष्ट्रिय कर्मचारी संगठन (निजामती) झापाका अध्यक्ष यदुनन्दन दाहाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सञ्चालन संगठन झापाका सचिव पोषराज पोखरेलले गर्नुभएको थियो ।
Your article helped me a lot, is there any more related content? Thanks!