• Sat. Jul 27th, 2024

झापामा उम्मेद्वारी दर्ता क्रममा आचारसंहिता व्यापक उल्लंघन

BySaptahik Samachar

१२ बैशाख २०७९, सोमबार २१:०१ १२ बैशाख २०७९, सोमबार २१:०१ १२ बैशाख २०७९, सोमबार २१:०१

भद्रपुर, १२,वैशाख / उम्मेदवारी मनोनयनको क्रममा झापामा आचारसंहिताको व्यापक उल्लंघन भएको छ । ठूला राजनीतिक दललेनै तामझामसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेर आचारसंहिता उल्लंघन गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीराम नेपालका अनुसार सवारी साधनमा झण्डा राख्न, प्रचारका लागि जिङ्गल बजाउन पाइँदैन । तर, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन, नेकपा एमाले र राप्रपाले आचारसंहिताको  धज्जी उडाउँदै गाडी र मोटरसाइकलको लावालस्कर लगाएर मनोनयन दर्ता गर्न गएका थिए । उनीहरूले प्रायःजसो गाडी तथा मोटरसाइकलमा झण्डा राखेका थिए । 

यस्तै, सवारी साधनमा साउन्ड सिस्टम राखेर प्रचारमूलक जिङ्गल बजाउँदै मनोनयनका लागि निर्वाचन कार्यालयसम्म पुगेका थिए । ठूला दलका उम्मेदवारहरू बाजागाजासहित दलको पक्षमा नारा लगाएर निर्वाचन कार्यालयमा जाँदा पनि निर्वाचन कार्यालय भने मौन छ । 

ठूला राजनीतिक दलले झापाका १५ वटै स्थानीय तहमा मनोनयन दर्ता गर्न जाँदा तडकभडकयुक्त शक्ति प्रदर्शन गरेको पाइएको छ। ‘झण्डा पनि सीमित मात्र पाइन्छ । धेरै गाडीमा झण्डा राख्न पाइँदैन । जिङ्गल बजाउन त पाइँदै-पाइँदैन,’ निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले भने, ‘यस्तो गर्नु आचारसंहिता उल्लंघन गर्नु हो ।’आचारसंहिता उल्लंघन भए नभएको हामीले पनि अनुगमन गरिरहेका छौँ । हामीले त्यस्तो पाएका छैनौँ,’ ‘यदि त्यस्तो पायौँ भने सम्बन्धित दललाई कारबाही गर्ने ’उहाँले चेतावनी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *