• Sat. Jul 27th, 2024

झापामा उपभोक्ता जागरण अभियान

BySaptahik Samachar

२८ पुष २०७८, बुधबार २१:३१ २८ पुष २०७८, बुधबार २१:३१ २८ पुष २०७८, बुधबार २१:३१

बिर्तामोड, २८ पुस । नागरिक समाजका अगुवा प्रतिनिधिहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले उपभोक्ता जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समिति गठन गरेको छ ।समितिको अध्यक्षमा सञ्चारकर्मी तथा नेकपा एमालेका नवनिर्वाचित जिल्ला सदस्य मोहन काजी हुनुहुन्छ।

उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले गठन भएको समितिको अध्यक्षमा काजी सर्वसम्मत चयन हुनुभएको हो।
भेलाले समितिको उपाध्यक्षमा मेचीनगरका निलकण्ठ तिवारी, सचिवमा बिर्तामोडका विशाल थापा, सहसचिवमा बिर्तामोडकी अनिता दाहाल र कोषाध्यक्षमा अर्जुनधाराका शेखरनाथ अधिकारीलाई चयन गरेको छ ।
विधान बमोजिम एघार सदस्यीय जिल्ला कार्य समितिको सदस्यमा हल्दिबारीकी कमला शिवाकोटी, मेचीनगरका ज्ञानेन्द्र निरौला, अर्जुनधाराका सन्तबहादुर तामाङ, मेचीनगरका अर्जुन कार्की, भद्रपुरका राजेन पौडेल र अर्जुनधाराका धर्मेन्द्र गुप्ता चयन हुनुभएको छ भने समितिको सल्लाहकारमा बिर्तामोडका कुलप्रसाद ओडारी, मेचीनगरका छविलाल भण्डारी र भद्रपुरकी मञ्जु पोखरेललाई भेलाले चयन गरेको छ ।
समितिका पदाधिकारी तथा सदस्यहरु सञ्चार, वाणिज्य, जेसिज, शिक्षण, यातायात लगायतको क्षेत्रका अनुभवी अगुवाहरु मध्येबाट छानिएका छन् ।
उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली प्रमुख अतिथि रहेको सो भेलाको अध्यक्षता अभियानका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ का अध्यक्ष राजेन्द्र घिमिरेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *