• Mon. Dec 8th, 2025

झापामा उपभोक्ता जागरण अभियान

BySaptahik Samachar

२८ पुष २०७८, बुधबार २१:३१ २८ पुष २०७८, बुधबार २१:३१ २८ पुष २०७८, बुधबार २१:३१

बिर्तामोड, २८ पुस । नागरिक समाजका अगुवा प्रतिनिधिहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले उपभोक्ता जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समिति गठन गरेको छ ।समितिको अध्यक्षमा सञ्चारकर्मी तथा नेकपा एमालेका नवनिर्वाचित जिल्ला सदस्य मोहन काजी हुनुहुन्छ।

उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले गठन भएको समितिको अध्यक्षमा काजी सर्वसम्मत चयन हुनुभएको हो।
भेलाले समितिको उपाध्यक्षमा मेचीनगरका निलकण्ठ तिवारी, सचिवमा बिर्तामोडका विशाल थापा, सहसचिवमा बिर्तामोडकी अनिता दाहाल र कोषाध्यक्षमा अर्जुनधाराका शेखरनाथ अधिकारीलाई चयन गरेको छ ।
विधान बमोजिम एघार सदस्यीय जिल्ला कार्य समितिको सदस्यमा हल्दिबारीकी कमला शिवाकोटी, मेचीनगरका ज्ञानेन्द्र निरौला, अर्जुनधाराका सन्तबहादुर तामाङ, मेचीनगरका अर्जुन कार्की, भद्रपुरका राजेन पौडेल र अर्जुनधाराका धर्मेन्द्र गुप्ता चयन हुनुभएको छ भने समितिको सल्लाहकारमा बिर्तामोडका कुलप्रसाद ओडारी, मेचीनगरका छविलाल भण्डारी र भद्रपुरकी मञ्जु पोखरेललाई भेलाले चयन गरेको छ ।
समितिका पदाधिकारी तथा सदस्यहरु सञ्चार, वाणिज्य, जेसिज, शिक्षण, यातायात लगायतको क्षेत्रका अनुभवी अगुवाहरु मध्येबाट छानिएका छन् ।
उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली प्रमुख अतिथि रहेको सो भेलाको अध्यक्षता अभियानका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ का अध्यक्ष राजेन्द्र घिमिरेले गर्नुभएको थियो ।

46 thoughts on “झापामा उपभोक्ता जागरण अभियान”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *