• Sat. Jul 27th, 2024

झापामा अर्को हात्ती पनि मृत भेटियो

BySaptahik Samachar

२२ असार २०७९, बुधबार ०९:३० २२ असार २०७९, बुधबार ०९:३० २२ असार २०७९, बुधबार ०९:३०

भद्रपुर २२,असार / एक हप्ताकै वीचमा झापामा अर्को हात्ती पनि मृत भेटिएको छ । बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा मृत हात्ती फेला परेको पाँच दिन पनि नबित्दै झापामा अर्को हात्ती पनि मरेको भेटिएको हो ।. अर्जुनधारा नगरपालिका–४ को दहिझोडामा बुधबार बिहान हात्ती मृत फेला परेको स्थानीयले जनाएका छन् । सुखानी सहिदमार्गदेखि केही तल दहिझोडा खोला किनारमा मकुनु मृत भेटिएको हो ।
हात्तीको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको विवरण आउन समेत बाँकी छ।अहिले उक्त स्थानमा जिल्ला वन कार्यालय र वनका कर्मचारी जाँदै छन् ।

असार १७ गते बिहान बुद्धशान्ति – ५ का भीम कार्कीको घर पछाडि खेतमा हात्ती मृत फेला परेको थियो। त्यसको कारण समेत हालसम्म सार्वजनिक भएको छैन।

One thought on “झापामा अर्को हात्ती पनि मृत भेटियो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *