• Sat. Jul 27th, 2024

झापाको भद्रपुरमा धनुकाण खेलको तालिम शुरू

BySaptahik Samachar

११ चैत्र २०७८, शुक्रबार १३:०५ ११ चैत्र २०७८, शुक्रबार १३:०५ ११ चैत्र २०७८, शुक्रबार १३:०५

भद्रपुर ११,चैत्र / खेलाडी उत्पादन गर्ने उद्देश्यले झापामा आजदेखि धनुकाण खेलको प्रशिक्षण शुरू भएको छ। नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरूङको पहलमा झापा आर्चरी संघले खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ तीन दिने प्रशिक्षण प्रारम्भ गरेको हो।
पौराणिक कालदेखि खेलिदै आएको यस खेलको संगठन निर्माण भए पनि झापामा खेलाडी उत्पादनका लागि आवश्यक पूर्वाधार नहुँदा खेलाडी उत्पादन गर्न सकिएको थिएन। झापा आर्चरी संघका अध्यक्ष कविन राईले भन्नुभयो-“२०७२ सालमै झापामा संस्था गठन भए पनि कोभिड-१९ का कारण आर्चरी संघले कुनै गतिविधि गर्न सकेको थिएन तर अव तालिम दिलाएर भए पनि झापाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं।”
नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरूङले झापामा आर्चरी खेलको विकास र विस्तार गर्ने उद्देश्यले आफ्नो तर्फबाट तीन सेट धनुकाण उपलब्ध गराउनु भएको छ। एक सेटमा छ वटा काण(तीर)र धनु हुन्छ।

झापा भद्रपुर – ७ निवासी उहाँ आर्चरीको अन्तर्राष्ट्रिय ज्युरी मेम्वर समेत हुनुहुन्छ।” नेपालमा वि.सं.२०४४ सालमा संघ दर्ता भए पनि २०६२ सालबाट मात्रै व्यवस्थित र औपचारिक ढंगले खेलको शुरूआत भएको हो ‘ अध्यक्ष गुरुङले भन्नुभयो-‘ नेपालका १७ जिल्लामा यो खेलको संगठन विस्तार भए पनि खेलाडीहरू सन्तोषजनक रूपमा उत्पादन गर्न सकिएको छैन।’ प्रदेश – ४ को पोखरामा हुन गइरहेको नवौ राष्ट्रिय खेलमा झापाले कम्तीमा 8 जना खेलाडी छनौट हुने गरी तयारी गर्न पनि उहाँले निर्देशन दिनुभयो।
भद्रपुर ८ नं० वडा अध्यक्ष गौरव सुव्वा मनोजको प्रमुख आतिथ्यमा मेची रंगशाला भद्रपुरमा आज भएको उद्घाटन कार्यक्रममा झापा आर्चरी संघका सचिव दीप पौडेलले सहजीकरण गर्नुभएको थियो। अध्यक्ष कविन राईको सभापतित्वमा भएको कार्यक्रममा संघका उपाध्यक्ष शमशेर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने राष्ट्रिय अध्यक्ष गुरुङले खेलको वारेमा जानकारी गराउनुभएको थियो। चैत्र १३ गतेसम्म सञ्चालन हुने तालिममा २० जना प्रशिक्षार्थी रहेको जनाइएको छ। राष्ट्रिय प्रशिक्षकहरूले तालिममा प्रशिक्षण दिदै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *