• Sat. Jul 27th, 2024

झापाका उत्कृष्ट उपशाखामा भद्रपुर र लखनपुर रेडक्रस

BySaptahik Samachar

८ फाल्गुन २०७७, शनिबार १५:१३ ८ फाल्गुन २०७७, शनिबार १५:१३ ८ फाल्गुन २०७७, शनिबार १५:१३ ,

नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ४७औं जिल्ला सभा सम्पन्न भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाको प्रमुख आतिथ्य र रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा जिल्ला सभा सम्पन्न भएको हो।

शाखाको सभा हलमा आज (शनिबार) भएको जिल्ला सभामा उत्कृष्ट उपशाखाका रूपमा भद्रपुर र लखनपुर उपशाखालाई प्रशस्ति – पत्र सहित नगद पुरस्कार ५/५ हजार प्रदान गरिएको छ। त्यस्तै दोस्रो पुरस्कार वुद्धशान्ति र वारदशी तथा तेस्रो पुरस्कार खुदुनाबारी वाहुनडाँगी र शरणामतीलाई प्रदान गरिएको छ। सोही जिल्ला सभामा उत्कृष्ट रक्तदाता संस्था रोटरी क्लब अफ भद्रपुर, भद्रपुर जेसीज लगायतलाई पनि प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तिमल्सिना, सभापति ढकाल, बिशेष अतिथि प्रहरी उपरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक पाण्डे ले सम्मान प्रदान गर्नुभएको थियो।

जिल्ला शाखाका मन्त्री चन्द्रप्रसाद चुडालले शाखाको प्रतिवेदन, कोषाध्यक्ष हेम खड्काले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक मनोज अग्रवालले लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि तिमल्सिना र नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय कोषाध्यक्ष भक्त खवासले शुभकामना मन्तव्य राख्नुभएको थियो। जिल्ला सभाको उद्‍घाटन समारोहको संचालन उपमन्त्री विश्व थापा ले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला सदस्य ओमप्रकाश गौतमले राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *